साझा नेटवर्क
उद्धव मगर , कतार ।
कतार नेपाली एकता समाज अन्तर्गत महिला विभागले मार्च ०८/ २०१८ दिन १०८ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
विशेष आयोजनामा कतार नेपाली समाज महिला विभागले आयोजना गरेको सम्पन्न समारोहमा अध्यक्षता यसै महिला विभागकी अध्यक्ष अमिना खानको रहेको थियो भने कार्यक्रम संञ्चालन विभागकी सचिव जानुका बस्नेत रहेको थियो । प्रमुख अतिथीमा कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन र अतिथीहरुमा अमिन खान, कतार केन्द्रिय कोषाध्यक्ष धन बहादुर परियार ,सचिव विष्णु थापा, सहयोगी तथा समाजसेवी हितमान खड्का, राजेन्द्र रानाभाट आतिथ्य रहेको थियो ।
मन्तब्यको क्रममा महिला दिवसमा विभागका सचिव जानुका बस्नेत खड्काले आफ्ना भनाइ राख्दै भन्नु भयो हामी महिलाहरु अरुको मुख ताकेर बस्नुभन्दा पनि हामी महिलाहरु आफै केही गर्नुपर्छ भन्ने सोच र विचारका साथ अगाडी बढ्नु पर्नेमा जोड दिनु पर्ने बताइन् आम कतारमा कायरत नेपाली महिला दिदी बहिनीहरुलाई एकजुट भएर अगाडी बढ्नु पर्ने बताउनु भएको छ ।
त्यसैगरी मन्तव्यको क्रममा विभागका अध्यक्ष अमिना खानले सम्पूर्ण कतारमा रोजगारीको लागि नेपालबाट आउनु भएको सम्पूर्ण नेपाली दिदी बहिनीहरुलाई कतार नेपाली एकता समाजको मातहतमा रहेको महिला विभागमा गोलबन्ध हुन हार्दिक आव्हान गर्दै कतारमा विभिन्न संगठन मध्ये सबैभन्दा न्यायोचित र समान व्यवहारमा उतार्न सक्ने संगठन एक मात्रै कतार नेपाली समाज रहेको बताउनु भएको छ ।
यसै गरी मन्तव्य दिने क्रममा कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनले पनि यसैगरी महिला दिदी बहिनीहरु निरन्तर अगाडी बढ्नु पर्ने बताउदै शुभकामना दिनु भएको थियो । अन्तमा कार्यक्रम विधिवधरुपमा समापन भएको अमिना खानले घोषणा गर्नु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend