logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीमा एक सय २३ निशुल्क स्वास्थ्य परिक्षण लिए


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

हुमाकान्त पोखरेल, गुल्मी फागुन २६ ।
धुर्कोट गाउपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा एक सय २३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।स्वास्थ्य शिविरमा मुटु र मधुमेह रोगको परिक्षण गरिएको थियो । जसमा ७७ जनाको मुटुको भल्भ परक्षण गरिएको छ भने ९३ जनाको रगत परिक्षण गरिएको धुर्कोट रजस्थल स्थास्थ्य केन्द्रका प्रमुख सुरज पोखरेलले जानकारी दिए । रेसुङ्गा हस्पिटलमा कार्यरत विशेषज्ञ डाक्टर प्रकाश पुन र बिक्रम बस्नेतले स्वास्थ्य परक्षण गरेका थिए । धुर्कोट रजस्थल, जैसिथोक, वस्तु, नयाँगाउ, वाग्ला लगायतका क्षेत्रका स्थानियले स्वास्थ्य परिक्षण गराएका थिए ।स्वास्थ्य परिक्षण गराएकाहरुलाई एक महिनासम्म निशुल्क औषधी पनि प्रदान गरिएको अस्पतालका प्रमुख पोखरेलले बताए । शिविर धुर्कोट गाउँपालिकाको आयोजना, रेसुङ्गा हस्पिटलको प्राविधिक सहयोग तथा नेशनल हेल्थ केयर काठमाडौको विशेष सहयोमा सम्पन्न भएको हो ।कार्यक्रममा गाउँपालिका प्रमुख भुपाल पोखरेलको प्रमुख आतिथ्यता र उपप्रमुख शिव केसीको विशेष आतिथ्यता तथा वडाध्यक्ष कृष्ण नेपालीको विशिष्ट आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend