साझा नेटवर्क
विमल खड्का, बाग्लुङ फागुन २४ ।
अार्थिक शसक्तिकरण सहितकाे सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाकाे जिवनस्तरमा रुपान्तरण, भन्ने मुल नाराकाे साथ १०८ अाैं अन्तराष्ट्रिय महिला दिवस जैमिनि नगरपालिकाकाे संयाेजन तथा सत्कर्म नेपाल र अामां मिलन केन्द्रकाे संयुक्त अायाेजनामा कुश्मिशेरामां अाज मार्च ८ मा सम्पन्न भयाे । कार्यक्रममां बाेल्दै प्रमुख अतिथि एवं जैमिनि नगरपालिकाकाे उप प्रमुख लिला रानाले महिलाकाे गाउँ गाउमा सामाजिक क्षमता बिकास र शसक्तिकरण संगकाे महिला अार्थिक बिकास समेत हुने काम थाल्नु पर्ने बताउदै साझेदार सबै निकाय संग हातेमालाे गर्नुपर्ने बताउनु भयाे ।
उहांले अागामि दिनमां नयबिन, रचनात्मक कार्यक्रम सहित महिला र लैंङ्गिक हिंसा बिरुद्द कार्यक्रम गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयाे! कार्यक्रममां प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्माले गाउँ, गाउँ र वार्ड स्तरमां जैमिनिमा महिला हिंसा र महिला अधिकारकाे लागि कार्यक्रममा सहयाेग गर्ने गर्ने बताउनु भयाे ।
सत्कर्म नेपालकाे अभियन्ता यवं अधिकारकर्मि सिताराम थापाले अन्तराष्ट्रिय महिला दिवसकाे ईतिहास, अाैचित्य, महिला अान्दाेलन, नेपालमा महिलाहरुकाे समस्या, कारण र समाधानकाे बिकल्प बिषयक कार्यपत्र प्रश्तुति गर्दै स्थानिय नगर गांउ पालिकाले श्रमिक गरिब दलित महिलाहरु लाई जागरुक गराई क्षमता बिकास गर्न र न्यायमां पहुंच पुर्याउन अधिकारबादि तथा महिला संघ संस्था परिचालन गरि जैमिनिलाई हिंसामुक्त समाज निर्माण गर्नुपर्ने कार्यपत्र मार्फत बताउनु भयाे ।
कार्यक्रममा नगर बिकास समितिकाे अध्यक्ष शकस के.सि. जैमिनि वार्ड नंं १ वार्ड अध्यक्ष भुपेन्द्र थापा, नगर कार्यपालिका सदस्य लाल बहादुर परियार, शिक्षा कार्यालय श्राेत ब्यक्ति, बिष्णु प्रसाद साप्काेटा, महिला अगुवाहरु खिमा थापा, लक्ष्मि शर्मा, पत्रकार सन्ध्या अाचार्यले जैमिनि नगरपालिकामा महिलाहरुकाे क्षमता बिकास र नेतृत्वमा पहुच कमि रहेकाे देखियकाेले यसमा राज्य र नगरपालिकाले विशेष पहल गर्नु पर्ने बताए ।
सहभागि स्थानिय महिला सहभागिले श्रमिक महिला दिवसकाे गितहरु प्रश्तुति गरेका थिय! कार्यक्म शुरुहुनु अघि विभिन्न प्लेकार्ड, ब्यानर सहित जैमिनि कुश्मिशेरा नगरमा जुलुस परेदर्शनि गरियकाे थियाे । जैमिनि नगरपालिकाकाे जेष्ठ कार्यपालिका महिला सदस्यकाे अध्यक्षता, स्वागत कार्यपालिका सदस्य डिल कुमारि श्रीस र संचालन अामा मिलन केन्द्रकाे अध्यक्ष ज्ञानु थापा मगरले गरेकि थिईन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend