logo
  • शनिबार, साउन ३० २०८३

बिद्युत प्राधिकरण गुल्मीको अनलाइन सेवा, महसुल बुझाउन सदरमुकाम दौडनु नपर्ने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी फागुन २३ ।
नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले अनलाइन मार्फत विद्युतको महसुस भुक्तानी सेवा शुरु गरेको छ । यो सेवा शुरु गरेसँगै बढ्दो ग्राहक संख्या र जनशक्ति अभावमा विद्युत महसुल तिर्न घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । केन्द्रले यसअघि कार्यालय परिसरमा काउन्टरबाट बिल भुक्तानी गर्ने व्यवस्था गरेकोमा मंगलबारदेखि अनलाइनबाट समेत भुक्तानी सेवा शुरु गरेको कार्यालय प्रमुख इन्जििनियर नारायण अर्यालले बताए ।

अर्यालका अनुसार प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, सिएफएस रेमिट प्रालि, सिटी एक्सप्रेस, महालक्ष्मी विकास बैंक र हिमालयन बैंकबाट पनि बिल भुक्तानी गर्न सकिने छ । केन्द्रले मिटर रिडिङ गरेपछि ग्राहकको उक्त विवरण प्रणालीमा अपलोड गर्ने र सोही प्रणालीका आधारमा अनलाइन सेवा प्रदायक कम्पनी र बैंकहरुले भुक्तानी लिने अर्यालले बताए ।

केन्द्रले तोकेको समयमा विद्युत महसुल बुझाएमा अनलाइन र बैंकमार्फत भुक्तानी गर्दा समेत कार्यालयले दिने गरेको छुट पाइने छ । जरिवाना पनि अनलाइन मार्फत नै बुझान पाइने छ । तर अतिरिक्त शुल्क पनि तिर्न नपर्ने केन्द्रका आय प्रमुख बिकाश पन्थीले बताए ।

केन्द्रले ई–सेवा प्रालि र पे–प्वाइन्ट मार्फत पनि बिल भुक्तानी गर्ने व्यवस्था गरिएको जनाएको छ । इ–सेवा एकाउन्ट भएका ग्राहकले आफनै मोवाईल तथा कम्युटरबाट बिजुलीको महशुल तिर्न सक्ने छन भने ई–सेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको ई–सेवा जोन अथवा पोइन्टबाट बिजुलीको बिल भुक्तानी गर्न सक्ने ई–सेवा गुल्मीका प्रतिनिधी जनक पन्थले बताए । मुलुकभर ई–सेवाका २८ हजार बढि जोन पोइन्ट रहेका छन भने गुल्मीमा मात्र करिब चार सयको हाराहारीमा जोन पोइन्ट रहेको पन्थ बताए ।

विगत आठ वर्षदेखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७७ वटै जिल्लामा सेवा दिँदै आएको छ । नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त ई–सेवाले निकट भविष्यमै रेमिटयान्स कारोबार समेत सुरू गर्ने तयारी गरेको ई–सेवा वुटवल शाखाका म्यानेजर सागर पोख्रेलले बताए ।

अहिले मोबाईल एप्स डाउनलोड गरी ई–सेवा चलाउनेको संख्या एक लाख छ भने इन्टरनेट मार्फत ई–सेवा चलाउनेको संख्या आठ लाख रहेको छ । यसैगरी जोन पोइन्ट मार्फत अप्रत्यक्ष रूपमा ई–सेवा प्रयोग गर्नेको संख्या ६० लाख नाघेको छ । ई–सेवा मोबाईल एप्स डाउन लोड गरी मोवाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स, बसटिकट, मुभी टिकट खरिद जस्ता एकसय भन्दा बढि सुविधा लिन सकिन्छ ।

अनलाइन बिल भुक्तानी सेवा प्रारम्भ गरेपछि सेवाग्राहीले घरमै बसिबसी मोबाइल एप्लिकेशनको माध्यमबाट विद्युत महसुल बुझाउन पाउने छन् । यस अघि जिल्लाका विभिन्न दुर दराज नागरिकहरुलाई तीन सयको बिल भुक्तानी गर्न दुई हजार खर्च गर्नुपर्ने अवस्था रहेको थियो । साथै सेवाग्राहीले विद्युत महसुल बुझाउँदा धेरै समय लाइनमा बस्नुपर्ने गुनासो गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend