साझा नेटवर्क
राज भण्डारी, गुल्मी फागुण २१ ।
जलश्रोतको धनी नै हो हाम्रो देस तर पिउने पानी जहिले पनि अभाव नै हुन्छ यस्तै भएको छ । छत्रकोट गाउपालिका वार्ड नं १ हुगामा फागुण देखि नै पानीको लाइनमा बस्न बाध्य छन हुगेली महिलाहरु देउराली माथी भाम्पोखरा लगायत अन्य ठाउँमा पानी लिन लाइनमा बस्नु पर्ने बाध्यता छ ।
हुगामा पानीको समस्या आजको नभएर धेरै पहिलेबाट हो एक स्तानिय युवा भन्छन : पानीको समस्या आजको हैन धेरै पहिलेको हो । हामी घरको काम छाडेर नै पानीको लाइनमा बस्न बाध्य हुन्छौ, स्थानीय युवा सुदिप भण्डारीको भनाइ छ ।
यसो त तेहि पानी कै लागि एक जनाको ज्यानसम्म गयको थियो । केही महिना पहिला पानी बनाएर फर्किने क्रममा एक स्थानीयको लडेर मृत्यु समेत भएको छ । स्थानिय चुनावमा राम्रै प्रतिस्पर्धा गरेको एमालेले त्यहाबाट न जितेको पनि होइन । एमालेले उपमेयरसम्म जितेको आफ्नै गाउँमा पानीको अभाव छ ।
यो भन्दा पहिले नेपाली काङ्ग्रेसका युवा नेता चन्द्र भण्डारीले धेरै पहल गरिसक्नु भएको छ । बेलैमा पानीको समस्या प्रती सबैको ध्यान जान जरुरी छ । स्थानिय निकाय राष्ट्रिय तथा समाज सेवीको ध्यान जानु जरुरी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend