साझा नेटवर्क
साझा नेटवर्क, बुटवल फागुन २१ ।
पाल्पा श्रीनगर म्युजिक प्रालिको बजार ब्यबस्थापनमा झबिन शाही र धनराज गुरुङको प्रस्तुति ” अन्तिम सास” आजै मात्रै युटुबमा सार्बजनिक भएको छ । पुष्कल शर्मा र सुशिला मगरको स्वरमा रहेको यो गीतमा पनि गायक पुष्कल शर्माले पहिले बजारमा ल्याए जस्तै मर्ने र बिष खाने जस्ता शब्दहरुले भरिएकाछ्न ।
अर्घाखाँचीको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको निर्माण सौगात फिल्म्सले गरेको छ । निर्देशन तथा छायांकन सन्तोष शर्माले गरेका छन् । दुर्गा खनाल , शिला बिक र नारायण थापाले अभिनय गरेको भिडियोको सम्पादन बिष्णु भट्टराईले गरेका छन। अत्यन्तै मार्मिक शब्द हरुले भरिएको गीतको लय टुक सारु मगरले गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend