logo
  • शनिबार, भाद्र २० २०८३

प्यूठान सेवा समाजले होली पर्वका अवसरमा आन्तरिक बनभोज कार्यक्रम सम्पन्न गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार।
प्यूठानीहरुको एकता अहिलेको आवश्यकता भन्ने मुल नाराका साथ प्यूठान सेवा समाज दोहा कतारले होली पर्वका साथ साथै आन्तरिक बनभोज कार्यक्रम कतारको सहानिया स्थित अल दोसरी जु पार्कमा सम्पन्न गरेको छ । समाजका महासचिव धर्म सिंह बि:कको सन्चालर र अध्यक्ष बलदेव रानाको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा समाजका निवर्तमान प्रमुख सल्लाहकार कमल आचार्यको प्रमुख आतित्यथा रहेको थियो ।

समाजका प्रमुख सल्लाहकार नवीन शाह सल्लाहकार मनिराज पुन गुमान सिंह बि क समाजसेवी ईन्दिरा खनाल साथै टेलिभिजन २४ समाचारका रिपोर्टर एबम रेडियो बिन्दास बर्दिवासका प्रेस प्रतिनिधि सन्तोष तामाङ्गको विशेष उपस्तिथि रहेको थियो । समाजका वरिष्ठ उपाध्यक्ष रविकिरण अधिकारीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनेट मौन धारण पश्च्यात राष्ट्रिय गान सँगै अगाडि बढेको सो कार्यक्रममा विभिन्न वक्ताहरुले मन्तव्य राखेका थिए ।

होली पर्वको उपलक्ष्यमा रमाईलो गर्दै रङ्गी बिरङ्गीका रङ्ग लगाउदै हर्षोल्लासका साथ होलि पर्व मनाएका थिए । प्यूठान बासी कलाकारहरुले गित प्रस्तुति गरेका थिए । उपस्थिति सम्पूर्ण प्यूठानी दाजुभाई दिदीबहिनीहरुले कलाकारहरुलाई साथ दिदै रमाईलो गरेका थिए । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष रविकिरण अधिकारी, बसन्ता निवास र तृतीय उपाध्यक्ष केशर बहादुर केसीले संयुक्त रुपमा नौ बहिनी गा पा ४ निवासी बुद्ध रोकालाई आँखा उपचारका लागि ८६१६ रुपैयाँ सहयोग गरेका थिए ।

गौमुखी गा पा ७ नारीकोट निवासी उमेश जिएमको उपचार्थको लागि भिम बहादुर रसाइली (आर बी रसाईलीको)पहलमा त्यहा उपस्थित सम्पूर्ण प्यूठानी दाजुभाई दिदीबहिनीहरुको हाते दान मार्फत बीस हजार रुपैयाँ संकलन भएको र सो रकम तुरुन्तै सम्बन्धित निकायमा पठाउने बारे आर बी रसाईलीले जानकारी गराएका थिए ।

समाजका अध्यक्ष बलदेव रानाले कतारमा स्थापित प्यूठान सेवा समाजको बारेमा प्रकाश पार्दै कतारमा रहेका सम्पूर्ण प्यूठानीहरु एकजुट हुनुपर्ने बताउनु बताएका थिए । अन्तमा बनभोज कार्यक्रम सम्पन्न गर्नको लागि अहोरात्र खट्नु हुने सम्पूर्ण कार्यसमिति लगाएत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्यूठानी दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend