प्रेम सुनार, गुल्मी फाल्गुण १९ ।
केहि दिन अघि गुल्मी र अर्घाखाँचीको सरकारी निकायले एक वेसहारा महिलाको घर वास भत्काई दिए पछि ति महिलाको रोदन र चित्कारले जो कोहिलाई करुणा जाग्छ । गुल्मीको धुर्कोट गाउँपालिका १ , नयाँगाउँ कि पमिता खनालको बन्न लागेको घर दुवै जिल्लाका वन कार्यालयले संयुक्त रुपमा सार्वजानिक जमिनमा बनेको भन्दै भत्काई दिएका हुन ।
१८ वर्ष देखि उनका श्रीमान भारतमा बेपत्ता छ । एक छोराको चट्याङ्ग लागेर ज्यान गएको थियो । निमेक मजदुरी गरेर अर्को छोरा र दुई छोरीलाई हुर्काएकी पमिताको तल पिपलधारामा रहेको वास स्थान भुकम्पले चर्काए पछि धुर्कोट गाउँपालिकाले त्यस सुरक्षित स्थानमा घर बनाउन अनुमति दिएको थियो । तर अर्घाखाँचीका केहि मानिसहरुले यो जमिनको पछाडी पट्टीको भाग अर्घाखाँचीको पनि पर्छ ५० हजार ल्याउ भनेर मागेका थिए ।
उनले मैले किन दिने ? भन्दै नदिए पछि तिनै व्यक्तिहरुले वन कार्यालयलाई उक्साए पछि सो कार्यालयले सुचना टाँस नगरी एक्कासी प्रहरी ल्याएर भत्काउन लगाएको थियो । उनका छोरा विदेशमा १८ घण्टा डिउटी गरेर कमाएको र केहि रकम ऋण धन गरेर उक्त घर बनाउन सुरु गरेकी थिईन ।
तर सरकारी निकायले तिनै गरिवको पसिनाको कमाई क्षति पुराई दिएको छ। गजवको कुरा त यो छ कि ति दुई सरकारी निकायको आँखै अगाडी सदरमुकाममा भने वर्षऔ देखि ठुला बडाहरुले सार्वजानिक स्थानमा महल ठडाउँदा भने वास्तै गरिएको छैन् ।