logo
  • आइतबार, असोज ११ २०८३

पहिलो पटक बाग्लुङको सक्न्यार र जिमि मोटरवाटोले जोडियो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ फागुन १६ ।
बडिगाड गाउँपालिका वडा नं. २ को रिङरोड अर्थात सक्न्यार देखि जिमि दमार हुँदै दनिया सिमलचौर जोड्ने मोटरवाटोको पहिलो खण्डको उद्घाटन गरिएको छ। सो मोटरवाटोको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल तथा वडिगाड गाउँपालिकाका प्रमुख मेयरसिंह पाइजाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ।

मोटरवाटोको उद्घाटन गर्दै भुसालले सडक पहुँच संगै स्थानियको कृषि उपजको वजारीकरण गर्न र अत्यावश्यक सेवा प्रवाहको लागि सहयोग पुग्ने वताउनु भएको छ। सडकको दिगोपनामा ध्यान दिन स्थानियलाई आग्रह गर्दै भुसालले आगामी वर्ष भित्र वडा नं. २ को सवै वस्तिमा मोटरवाटो पुर्याइने वताउनु भएको छ। त्यस्तै गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले वडिगाड गाउँपालिकामा विकास निर्माणमा दिगो पना ल्याउन “एक महिनामा एक दिन अनिवार्य जनश्रमदान, वडिगाड गाउँपालिकाको जिवन्त अभियान” सुरु गरिएको जानकारी दिनुभएको छ।

कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, वडा नं. ३ का अध्यक्ष खड्क पुन, वडा नं. ६ का अध्यक्ष मौसम खत्रि, प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा लगाएतले वोल्नुभएको थियो। कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष ढालेन्द्र शेरचनको अध्यक्षता, सदस्य लुस्मा नेपालीको स्वागत मन्तव्य तथा सचिव अर्जुन अर्यालको संचालनमा सम्पन्न भएको थियो।

मोटरवाटो गाउँपालिकाको २९ लाख २५ हजार अनुदान र करिव ४ लाख जनश्रमदानमा निर्माण भएको हो। सडकको निर्माण संगै साविक दगातुन्डाडा गाविसको वडा नं. ९ सक्न्यार र वडा नं. ८ जिमि जोडिएको छ। करिव ३ हजार उपभोक्ता रहेको सो मोटरवाटो निर्माणले स्थानिय उत्पादनलाई वजारिकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend