साझा नेटवर्क
चोम बिस्ट,रोल्पा फागुन १६।
रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री मेलधारा आधारभुत बिधालयको ४० औं स्थापना दिवसको अवसरमा प्रथम वार्षिकोत्सब कार्यक्रमको आज सुरु भएको छ ।
आयोजना गरेको हुँदा उक्त कार्यक्रममा आधारभुत,प्रा.बि स्तरका विभिन्न खेलकुद प्रतियोगिता समेत रहेको हुँदा उक्त कार्यक्रममा उपस्तिथिको लागी सबैमा पत्रचार तथा जानकारी गराइसकेको यदि कारणबस जानकारी प्राप्त नभएको खण्डमा यसैलाई आधारमानी उपस्तिथिको लागी सबैमा अनुरोध समेत बिधालयका प्राध्यापक गर्नुभएको थियो ।
कार्यक्रममा आयोजना गरिएको प्रतियोगिता जसमा खुल्ला भलिबल प्रतियोगिता,आधारभुत स्तरिय हाजिरी जवाफ प्रतियोगिता,भाले जुडाइ प्रतियोगिता,प्राबी स्तरीय हिसाब दौड,प्राबी स्तरीय चम्चा दौड,अभिभावक रस्साकस्सी दौड,घैटाफोड,भाले पकड,गजल प्रतियोगिता लगाएतको प्रतियोगिता रहेको छन ।
साथमा कार्यक्रमको बिचबिचमा मनोरञ्जनात्मक साङ्केतिक प्रस्तुति रहेको बृहत सास्कृतिक प्रस्तुति स्थानीय तथा राष्ट्रिय स्तर ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने रेशम पुनले बताउनु भयो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend