साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं फागुन १५ ।
रसियाली प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा रसियाको एकातेरिन वर्ग प्रान्तका उपगभर्नर लेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रतिनिधिमण्डलसँग भेट गर्दैै ओलीले नेपाल र रसियाको बिचको सम्बन्धलाई समधुर राख्नु पर्ने बताएका छन् ।
विश्वका विभिन्न देशका राजनीतिक,औद्योगिक, सामाजिक, साँस्कृतिक विशेषताहरु प्रदर्शनी हुने सन् २०२५ को वर्ल्ड एक्स्पो आयोजना गर्न आफ्नो प्रान्तले उम्मेदवारी दिएकोले त्यसलाई समर्थन गरिदिन प्रधानमन्त्री ओली समक्ष भिसोकिन्सीले आग्रह गरेका छन् । उक्त मेलामा प्रधानमन्त्री ओलीले उपगभर्नर भिसोकिन्सीको भ्रमणले नेपाल र रसियाको सम्बन्ध थप आत्मीय हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदले पूर्णता पाएपछि भिसोकिन्सीको प्रस्तावमा छलफल गरेर निर्णयमा पुग्ने बताएका छन् । ‘तपाईंको प्रस्तावलाई सकारात्मक लिएको छु । मन्त्रिपरिषदमा छलफल गरेर निर्णय गर्नेछु’ प्रधानमन्त्री ओलीले बताएका छन् । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend