साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन १४ ।
रिघा स्वास्थ्य चौकी गल्कोट नगरपालिका वडा नं. ११ को निर्माण सम्पन्न १७ कोठे भवनको उद्घाटन फागुन २५ गते हुने भएको छ। स्वास्थ्य चौकी व्यावस्थापन समितिको वैठकले प्रदेश नं. ४ का मुख्य मन्त्रि पृथ्वी सुव्वा गुरुङद्धारा भवनको उद्घाटन गर्ने निर्णय गरेको छ।
यसै विच मुख्यमन्त्रि पृथ्वी सुव्वा गुरुङ फागुन २५ गते रिघा आउनुहुने भएको छ। सोहि स्वास्थ्य चौकी भवन उद्घाटन तथा रिघामा सञ्चालन हुने खुल्ला फुटवल तथा विविध कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्न मुख्य मन्त्रि गुरुङ आउन लागेको वडा अध्यक्ष डम्वर श्रीसले जानकारी दिनुभएको छ।
गल्कोटकै पहिचानको रुपमा रिघामा यस क्षेत्रमै ठूलो राशिको फुटवल प्रतियोगिता हुँदै छ। प्रतियोगीता यहि फागुन १९ गते वाट सुरु हुने आयोजकले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend