साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी फागुन १३ ।
बम्घा टाहाटिम निम्न माध्यमिक विद्यालय रुरु गाउँपालिका ५ गुल्मीको ५६ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका अक्षयकोषदाता र चन्दादातालाई सम्मान तथा विभिन्न प्रतियोगितामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै रुरुस्थित गाउँपालिका तथा वडाका जनप्रतिनिधिहरुलाई विद्यालयले सम्मान गरेको थियो ।
विद्यालयमा २५ हजारको अक्षयकोषको स्थापना गर्ने पूर्व संविधानसभा सदस्य धुर्कोट गाउँपालिका १ का दिलशोभा पुन, २५ हजारकै अक्षयकोष स्थापना गर्ने स्थानिय चेतनारायण श्रेष्ठ, २० हजार २१ को अक्षयकोष स्थापना गर्ने तुल्सीलाल पुरी र १० हजारको अक्षयकोष स्थापना गर्ने शारदा पुरीलाई सम्मान गरिएको छ । त्यस्तै विद्यालयका चारजना पूर्वशिक्षकहरुलाई बिदाई गरिएको छ । पूवशिक्षकहरु भगभत ज्ञवाली, पारस पुरी, पवित्रा परियार र मनिराम ज्ञवालीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर विदाई गरिएको हो ।
विद्यालयका प्रध्यानाध्याक निमा गिरीले ३८ लाख ७८ हजार सात सय नौ रुपँैया ९९ पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले विद्यालयको भौतिक तथा ब्यवस्थापकिय पक्षको बारेमा पनि जानकारी गराउदै बार्षिक प्रगती प्रतिवेदन पनि प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा हास्यँ कलाकार पुरुषेत्तम भण्डारी ‘पुर्खे बा’ को प्रस्तुती रहेको थियो ।
कार्यक्रममा रुरु गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष हरी प्रसाद ज्ञवाली, वडा सदस्यहरु, विद्यालयका पूर्व ब्यवस्थापन समिति अध्यक्षहरु, पूर्व प्रध्यानाध्यापक तथा शिक्षकहरु, पत्रकार शिव सुवेदी, हुमाकान्त पोखरेल, अभिवावक, स्थानिय बुद्धिजिवी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष चेत नारायण श्रेष्ठको अध्यक्षता, गुल्मी क्षेत्र नम्बर १ प्रदेश १ का सासंद सुदर्शन बरालको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी पन्थको विशेष आतिथ्यता, शिक्षक डा. लक्षमण ज्ञवालीको स्वागत मन्तब्य तथा विद्यालयको पूर्व शिक्षक मेघराज गिरीको संचालनमा सम्पन्न भएको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले विद्यालयको शैक्षिक तथा भौतिक सुधारको लागि आफ्नो सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे । विद्यालयमा रहेको जनशक्ति अभावलाई स्थायी शिक्षकको ब्यवस्थापन गर्ने बताए । साथै बरालले आफू यस क्षेत्रको जनप्रतिनिधि समेत रहेकाले यहाँका शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका सरोकारका विषयहरु सँगै आम समुदायसँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे । विद्यालयले ११ गतेबाट ५६ औँ बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरी तिन दिनसम्म मनाएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend