logo
  • शुक्रबार, असोज ९ २०८३

“आमाको काख” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल फागुन १२।
नेपाली साँगीतिक बजारमा एउटा फरक किसिमको गीत “आमाको काख” सार्वजनिक भएको छ । आमाले संसार छोडेर गएपछि छोरीले पाएको दुख, एक्लो पन, पिडालाइ सब्द शब्द सिर्जना गरि गायीका लक्ष्मी तुलाधरले एकल गीत मार्फत आफ्नो कथा व्यथा दर्शक माझ पोखिकी छिन । साच्चिकै भन्नु पर्दा गायीका लक्ष्मी तुलाधरको यो वास्तविक घटनामा आधारित गीत समेत रहेको गायिका बताउछिन ।
अविरल फिल्म्सले बजार ब्यबस्थापन र दृश्य निर्माण गरेको गीतको निर्माता कृष्ण अन्जान ज्ञवाली रहेका छन । स्वर शब्द लक्ष्मी तुलाधरको रहेको गीतमा संगीत भने उत्सब यसराजले भरेका छन । बुटवलको विभिन्न स्थानमा छायांकन गरेको भिडियो निर्देशन निर्देशक बिष्णु भट्टराईले गरेका छन । श्रीन्गार सगुन शर्माको रहेको छ । आमा बिना एक्लिएकी छोरीको कथा व्यथालाई गीतमा प्रस्तुत गरिएको छ ।

मीरा महोत्रा, कोपिला भण्डारी, कृष्ण अन्जान ज्ञवालीको अभिनय “आमाको काखमा ” देख्न सकिन्छ भने बाल कलाकार विदुषी आचार्यको अभिनयले दर्शकको मन छोएको छ । भिडियोलाई अविरल फिल्म्सको युटुब मार्फत सार्बजनिक गरिएको छ ।

 

भिडियो हेर्नुहोस  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend