साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी फागुन १२।
मालिका गाउँपालिका ४ अर्खाबाङ्ग ठुलीचौरमा निशुल्क आयुर्वेदिक गाउँघर क्लिनको संचालनमा आएको छ । शिविरमा मालिका गाउँपालिका वडा नं ३, ४ ५ र ८ का ९२ जनाले स्वास्थ्य परिक्षण गर्नुका साथै औषधी वितरण गरिएको छ । साथै प्रत्येक महिनाको २१ गते निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिने मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।
मालिका गाउँपालिका ४ का वडा अध्यक्ष हिरालाल अर्यालको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका उपप्रमुख देवा अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोख्रेलको बिशेष आतिथ्यता रहेको थियो ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend