logo
  • आइतबार, असोज ११ २०८३

नगर विकास तथा वातावरण संरक्षणको अध्यक्षमा पन्थी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी फागुन १२ ।
नगर विकास तथा वातावरण संरक्षण संस्था रेसुङ्गा नगरपालिका गुल्मीको प्रथम अधिवेशन सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा शनिवार सम्पन्न अधिवेशनले रामप्रसाद पन्थीको अध्यक्षतामा नयाँ कार्य समितिको गठन गरेको छ ।
जसको उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी,महासचिव कृष्णप्रसाद पोखरेल,सचिव कृष्णप्रसाद आचार्य,कोषध्यक्ष लक्ष्मी पाण्डे,सह–कोषध्यक्ष सिता आर्चाय चउन गरेको छ । संयोजकहरुका तिलाकुमारी श्रेष्ठ,शारदा पाण्डे,झक बहादुर थापा,इश्वरी बेलवासे,दिपक आर्चाय,रामप्रसाद बन्जाडे,महेश पन्थी,जुवानन्द बेलवासे,इश्वरी मरासीनी,शोभाखर पाण्डे,हिरा बहादुर थापालाई चयन गरेको छ ।

अधिबेशनको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका थिए । प्रथम अधिबेशनको अवशरमा संस्थाका महासचिव कृष्णप्रसाद पोखरेलले कार्य समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष लक्ष्मी पाण्डेले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रथम अधिबेशनले अधिल्लो कार्य समितिलाई नै पुनः देहोराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend