logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीमा एम्वुलेन्स सञ्चालनको पारा : विरामी होईन चढ्छन् सारा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

प्रेम सुनार, गुल्मी फाल्गुण १२।
गुल्मीमा गत केहि वर्षयता वडा स्तर सम्म एम्वुलेन्स एम्वुलेन्स सञ्चालनको लहर नै चलेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता मात्रै २७ वटा भएका छन भने दर्ता नभएका सहित बढि हुन हुन सक्छन् । सिमिचौर सहित सदरमुकाम भित्र मात्रै ६ वडा एम्लुन्से सञ्चालनमा छन तर मानविय सेवाका लागि भन्दै ल्याईएका एम्वुलेन्सहरु विरामीका लागि भन्दा पनि सिमित व्यक्तिको प्रयोजन र स्वार्थमा सञ्चालन भएको गुनासो व्याप्त उठ्न थालेको छ ।

केहि दिन अघि तम्घासका एक श्रेष्ठ परिवारले तम्घासको आँखा अस्पतालको एम्वुलेन्स मगाए तर रातको समय भन्दै जान नमानेको र रेसुङ्गा अस्पतालको एम्वुलेन्स मगाएर जानु परेको त्यो परिवारले गुनासो गरे । सरकारी स्तरवाट सञ्चालनमा आएका र केहि सामाजिक संस्थाबाट सञ्चालित एम्वुलेन्सहरु विरामी ओसार पसारमा भन्दा बढि सिमित व्यक्तिको सुविधामा चल्ने गरेको समेत गुनासो आउनुले सम्वन्धित निकायका अव ध्यान जान आबश्यक देखिएको छ ।

सदरमुकाम बाहिर सञ्चालनमा आएका कतिपय एम्वुलेन्सहरु त्यतिकै ग्यारेजमा थन्किने गरेको त कतिपय एम्वुलेन्स सञ्चालनको हिसाव किताव समेत सार्वजानिक नगर्ने गरेको समेत बताईन्छ । विभिन्न मुलुकको वैदेशिक रोजगारमा रहेकाहरुले आफ्ना परिवारको गास काटेर समेत कैयौ एम्वुलेन्स सञ्चालनमा छन् तर उनिहरुको पवित्र भावना अनुरुपको मानविय सेवा भने प्रदान हुन नसकेको व्याप्त चर्चा छ ।

सिसा भित्रा हरियो पर्दा , त्यस हरियो पर्दा भित्र विरामी होईन यात्रु देख्न सकिन्छ । यसरी हरियो पर्र्र्दा भित्रका यात्रु बोक्नेहरुलाई चेक चाँज गर्ने र त्यस्तो पाईए कार्वाही गर्ने कुनै निकाय नभए जस्तो महशुस भएको एक जना सेवाग्राहीले गुनासो गरे । यस सम्वन्धमा जिल्ला जनस्वास्थ्य प्रमुख उत्तम कोईरालाको ध्यानकष्ट गराउँदा उनले पनि आफुकहाँ यस्ता गुनासाहरु आएको बताए ।

उनले भने– हो यस्ता गुनासाहरु हामी कहाँ पनि आउने गरेका छन मैले सिडियो साव संग पनि कुरा गरेको छ र गुनासो आएका एम्वुलेन्स सञ्चालन गर्ने निकायका प्रमुखलाई पनि भनेको छु , यो विषय उठाउनै पर्ने भएको छ ।

१५ लाखको एम्वुलेन्स साढे ५ लाख मै आएपछि लहर

जन स्वास्थ्य प्रमुख कोईरालले भने भारतबाट मानौ कि १५ लाखको एम्वुलेन्स नेपाल सरकारले राजश्व छुट गरी दिए पछि करिव साढे ५ लाखमा नेपाल भित्रन्छ । जसका कारा एम्वुलेन्स सेवाको लहर चल्न थालेको हो ।

यसरी नेपाल सरकारद्धारा मानविय सेवाका लागि राजश्व छुट गरिएका एम्वुलेन्सहरुले भावना अनुरुपम सञ्चालन गर्नै पर्छ । यसरी सरकारी राजश्व छुटमा सञ्चालित एम्वुलेन्सहरु विरामीलाई तत्काल सुविधा दिनुको साटो यात्रु बोक्नमा बढि ललायित भए पछि समयमा एम्वुलेन्स पाउन नसकिएको धेरैको आसंका छ ।

यस्तो छ एम्वुलेन्स वेलामा नपाईनुको रहश्य

यहाँबाट विरामी पुगेर पाल्पा नलाग्नु पुर्व त्यसका चालकहरुले पाल्पाका होटलहरुमा फर्किने ग्राहक जम्मा गरी दिन फोन गर्छन । त्यहाँ पुगेर तत्काल फर्किने हो भने अर्को मान्छेले भनेको बेलामा एम्वुलेन्स सेवा पाउने थिए । तर त्यहाँ पुगेको एम्वुलेन्सले नम्वरवाला गाडीले झै ग्राहक कुरेर घण्टौ बस्छन ।

जसका कारण गुल्मी आउन ढिला हुन्छ र यहाँका मान्छेले तत्काल एम्वुलेन्स पाउन नसकेका हुन् । एम्वुलेन्समा यात्रु मात्र होईन पसलेहरुका राशन समेत ओसार पसार हुने गरेको । विगतमा वस्तु रेडक्रशको एम्वुलेन्समा सात क्वीन्टल चामल समेत बोकेर हिडेको फेला परेको थियो ।

त्यस्तै रातको समय भन्दै भाडा बढि लिने गरेको लगायका विषयमा समेत आएका गुनासाहरुका सम्वन्धमा जिल्ला अनुगमन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले पनि केहि गुनासाहरु आए पछि आफुले जनस्वास्थ्य प्रमुख संग छलफल गरेको बताए ।

उनले भने –‘ एम्वुलेन्स सञ्चालन गर्ने पक्षलाई बोलाएर छलफल गर्ने मानविय सेवाकाबारेमा गम्भीर बनाउने , जनचेतना र जागरणको समेत आवस्यकता छ हामी हामी वोलाएर छलफल गर्ने सोचमा छौं ।

कहाँ कहाँ छन एम्वुलेन्स ?

तम्घासको आँखा उपचार केन्द्र, तम्घास टेक्नीकल शिक्षालय, आशा अपाङ्ग केन्द्र, नेपाल रेडक्रश सोसाईटी गुल्मी शाखा, भुपु सैनिक, रेसुङ्गा अस्पतालमा एम्वुलेन्स सेवा सञ्चालनमा छ ।

तम्घास नजिकै सिमिचौर, चारपाला, रिडी, जोहाङ्ग, शान्तिपुर, फोक्सीङ्ग, छापचौर, दिगाम, वामीटक्सार, वस्तु, धुर्कोट रजस्थल, पिपलधारा, नयाँगाउँ, अर्लाङ्गकोट, दोहली, नेटा, अर्जै, रिमुवा, मुसिकोट, आँपचौर, पछिल्लो चरण घमिरमा पनि एम्वुलेन्स सञ्चालनमा आएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend