साझा नेटवर्क
प्रेम सुनार, गुल्मी फाल्गुण ११ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला कमिटीले आज विहानै देखि सुरुक्षाकर्मीहरुको वाक्लो उपस्थितीका वावजुद् पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सदरमुकाम तम्घासमा पुत्ला दहन गरेको छ । सो संगठनले हिजै पत्रकार सम्मलेन गरी प्रधानमन्त्री ओलीको पुत्ला दहन कार्यक्रम रहेको कुरा जानकारी गराई सकेको थियो ।
आज दिउँसो सवा १ वजेको समयमा सो पार्टीका गुल्मी जिल्ला ईञ्चार्ज धिरज राना, सेक्रेटरी खिम खड्का लगाएतका नेता र कार्यकर्ताहरुले तम्घासको अर्घाखाँची जिपपार्र्कमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन ।
सो पार्टीका दुई जना नेतालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको र भोली जनप्रदर्शनको कार्यक्रम रहेको जिल्ला सेक्रेटरी खिम खड्काले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend