logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा आयोजित साँगीतिक धमाकाको सम्पूर्ण तयारी पुरा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार, “अविरल” पन्थी, कतार ।
त्रियुगा नगर प्रवासी युवा समूह कतारले आयोजना गरेको सांगितिक धमाकाको सम्पूर्ण तयारी पुरा भएको छ । साझा नेटवर्कसँगको संक्षिप्त कुराकानीका क्रममा कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिईएको हो । उक्त युवा समुहले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा रहेका गरीब, अनाथ तथा सुस्त मनस्थिती भएका बालबालिकाहरुको सहयोगार्थ यहि फेब्रुअरी २३ तारिकका दिन कतारमा सांगितिक धमाका सम्पन्न गर्न लागिरहेको छ ।कार्यक्रममा नेपाल आईडलको तेस्रो रनर अप तथा चर्चित गायक सागर आले लगायत नेपाल र कतारमा रहेका स्थानीय कलाकारहरुको साँगितिक प्रस्तुतिहरु रहने भएको छ । उक्त सांगितिक धमाकामा त्रियुगा नगरपालिकाका स्थानीय कलाकारहरुको पनि साथ रहने छ, जसमा गायक फिरोज बस्नेत, डान्सरहरु एमजे मिथुन, रेखा राई र सबिता रहने भएका छन् ।

त्यस्तै कतारमा रहेका कलाकारद्वय गायक देवराज न्यौपाने, लोक गायक रित कुमार श्रेष्ठको पनि प्रस्तुति रहनेछ । कार्यक्रममा प्रवेशका लागि टिकटको व्यवस्था गरिएको छ । साधारण ५५, भी आइपी १०५ र भी भी आइपी २०५ रहेको छ । दर्शक श्रोताहरुको सुबिधाका लागि सो टिकटहरु कतारमा रहेका सबै नेपाली रेस्टुरेन्टमा उपलब्ध रहेको आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रम फेब्रुअरी २३ तारिख २०१८ का दिन अहली स्पोर्टस क्लबको नजिकै रहेको रेजेन्सी हलमा कतारको स्थानीय समय अनुसार दिनको १ बजे पहिलो शो र साझ ५ बजे देखि दोश्रो शो सुरु हुने छ । कार्यक्रममा आउन जानका लागि ग्राण्ड मल सनैया, साहनिया, र अलखोर बाट गाडीको व्यवस्था समेत गरिएको कार्यक्रम संयोजक सन्दिप भट्टराईले जानकारी दिए ।

थप जानकारीका लागि निम्न नम्बरहरुमा सन्दिप – ५०७३०२०५, लोकेन्द्र – ७०४३२८३०, हेम – ७०६५४८५२, कमल – ५५१००४३८, बिष्णु – ६६६४०६२१, ५०१९०४०२, ईन्द्र ६६८२७८०१, अमित – ६६५३७०२८ सम्पर्क गर्न सकिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend