logo
  • शनिबार, असोज १० २०८३

निर्वाचन खर्चिलो बन्दै गएको प्रति सरोकारवालाको चिन्ता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी फागुन ८ ।
गुल्मीमा मंगलबार भएको एक कार्यक्रममा निर्वाचन खर्चिलो बन्दै गएको प्रति चिन्ता व्याक्त गरेका छन् । निर्वाचन दिवसको अबसरमा जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा स्वच्छ, स्वतन्त्र निर्वाचन र निर्वाचनमा समावेशिता विषायक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले निर्वाचनमा उम्मेदवारको चुनाव खर्च खर्चिलो भएको प्रति चिन्ता व्याक्त गरेका हुन् । सहभागिहरुले पछिल्लो समयमा भएका निर्वाचनको अबस्था हेर्दा सामान्य व्याक्ति निर्वाचनमा उम्मेदवार बन्न नसक्ने अबस्था सृजना हुन थालेकाले यसबारे सबैको ध्यान जान आग्रह गरेका थिए । २०१५ साल फागुन ७ गते भएको पहिलो निर्वाचनको सन्दर्भमा गत बर्षदेखि बिबिध कार्यक्रम गरेका निर्वाचन दिवस मनाउन थालिएको हो । कार्यक्रममा निर्वाचनमा नागरिक, कर्मचारी, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचन कार्यलय, नागरिक समाज लगायतको भूमिकाको बिषयमा छलफल भएको थियो । राजनीतिक दलले महिलालाई प्रदेशमा उपसभामुख, स्थानिय तहमा उपप्रमुख तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि समानुपातिकतर्फ मात्रै सिमित गर्न खोजेको लगायतका विषयमा पनि अन्तरक्रियामा आवाज उठाएका थिए ।

प्रमुख पदमा भन्दा पनि संबैधानिकतालाई मात्रै मध्य नजर राखेर अबसर दिने गरेप्रति ध्यानाकर्षण गराएका थिए । अन्तरक्रियामा सहभागिहरुले स्वतन्त्र हुन नसकेको र कुनै न कुनै किसिमले मतदातामा प्रभाव पार्ने क्रियाकलापहरु नरोकिएको बताएका थिए । जसरी पनि चुनाव जित्नुपर्ने प्रवृत्तिका कारण निर्वाचन स्वस्च्छ हुन नसक्ने सहभागिहरुले बताएका थिए ।

कार्यक्रममा गुल्मीका प्रमखु जिल्ला अधिकारी गोपाल अर्यालले निर्वाचन बारे प्रस्तुति पेस गेरका थिए । अन्तरक्रियामा कार्यक्रममा जिल्लास्थित विभिन्न संघ सस्थाँका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend