साझा नेटवर्क
साझा नेटवर्क ,काठमाडौं फागुन ७ ।
विगत १० वर्षदेखि मानव बेचविखन तथा लैङ्गिक हिंसा विरुद्ध कार्यरत संस्था के.आई नेपालले Forensic Experiential Trauma Interview(FETI) सम्वन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
नेपालमा नै पहिलो पटक सरकारी, विभिन्न गैरसरकारी तथा स्थानिय निकायहरुसँगको सहभागितामा आयोजित कार्यशाला गोष्ठीले प्रभावितहरुको न्यायिक पहुँचमा सहजता तथा न्यायिक प्रणालीमा Forensic Experiential Trauma Interview(FETI) कार्यान्यन गरी प्रभावितहरुलाई न्याय प्रदान गर्न सहज वातावरणको निर्माण गर्नु पर्ने कुरामा जोड दिदै यस कार्यक्रमको आयोजना गरिएको के.आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा मानव बेचबिखन प्रभावित महिला तथा किशोरीहरु मानसिक आघात र घटनावाट विक्षिप्त भएको अवस्थामा कसरी अन्तवार्ता लिने र उनीहरुलाई त्यस अवस्थाबाट सामान्य अवस्थामा ल्यानका लागि के कस्ता प्रक्रियाहरु अवलम्वन गर्नुपर्दछ जसले गर्दा प्रभावितलाई न्यायिक प्रक्रियासम्म पुग्न प्रभावित मैत्री वातावरणको सृजना गराउन न्याय क्षेत्रको भूमिकाको बारेमा कार्यक्रम प्रस्तुत तथा सहभागीहरु बीच छलफल गरिएको थियो ।
साथै यस कार्यशाला गोष्ठीमा अमेरीकी Forensic Interview Specialist एमी एलनको समेत प्रस्तुति रहेको यस कार्यक्रममा मानव बेचबिखन प्रभावितलाई न्यायिक प्रक्रियामा सहज वातावरणको सृजना गरी मानव बेचबिखन सम्वन्धी मुद्धा दर्ता र अनुसन्धान प्रकृयामा सत्यतथ्य प्रमाण संकलनका लागि प्रभावितलाई पटकपटक प्रश्न गरी थप पीडित बनाउनुको सट्टामा एकै पटकमा पीडितको बयान प्रमाणीत गराउने प्रक्रियाका लागि Forensic Experiential Trauma Interview(FETI) महत्वपूर्ण रहेको जसले गर्दा प्रभावितहरुले न्याय पाउने वातावरणको सृजना हुने धारणा व्यक्त गर्नुभएको थियो ।
के.आई. नेपालद्धारा ललितपुरको पाटनढोकमा कार्यकर्मको आयोजना गरि उक्त कार्यक्रममा उच्च अदालतका न्यायाधीस माननीय टेकनारायण कुँबर, नेपाल प्रहरीका गंगा पन्तको उपस्थित रहेको थियोे भने ललितपुर महानगरपालिका उपमेयर गीता सत्याल, विज्ञ शंकर कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको उक्त कार्याशालामा न्यायाधीसहरू, राष्ट्रिय महिला आयोगका प्रतिनिधि, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृतहरू, नेपाल सरकारका सचिव, सरकारी वकिल, नेपाल प्रहरीका उच्च अधिकृतहरू, न्यायिक क्षेत्रका विज्ञ व्यक्तित्वहरू, मानव बेचबिखन बिरुद्ध कार्यरत गैरसरकारी संघसंस्था लगायत विभिन्न मिडियाक्रमिहरुको उलखिनिय उपस्थिति रहेको थियो ।
नेपालमा पहिलो पटक सामाजिक संस्था के.आई. नेपालद्धारा आयोजना गरिएको Forensic Experiential Trauma Interview(FETI) कार्यशाला गोष्ठी महत्वपूर्ण तथा सान्दर्भिक रहेको धारणा सहभागीहरुले व्यक्त गरेका छन् ।के.आई. नेपालका संस्थापक रमेश सापकोटाका अनुसार यो अभियानलाई सार्थक बनाउँदै नेपालमा FETI प्रयोगशाला स्थापना गरी पीडितलाई न्याय प्राप्त गर्न सहयोग पुर्याउने हेतुले यस कार्यशाला अायोजना गरिएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend