साझा नेटवर्क
७ फागुन गुल्मी । गुल्मीको रेडियो रेसुङ्गा एफ एम १० वर्ष पुरा गरि ११ वर्षमा प्रबेश गरेको छ । “गाउँ देखि शहर सम्म शान्ति अनि समानताको प्रतिक” भन्ने नाराका साथ गुल्मीमा ०६४ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अबसर पारेर रेडियो रेसुङ्गा एफ एम १०६ दशमलव २ मेगाहर्जले रेडियो स्थापना भएको थियो ।

जिल्ला स्थित बिभिन्न ५० जना व्यावसायीहरु मिलेर स्थापना भएको रेडियोले यहि फागुन ७ गते सफलतम १० वर्ष पुरा गरेको छ । वार्षिक उत्सवको अबसर पारेर रेडियोले आफना शेयरधनि र रेडियोका कर्मचारी बिच अन्र्तक्रिया,उत्कृष्ट सम्वाददाता सम्मान कार्यक्रम राखिएको रेसुङ्गा एफ एम प्रालि सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको एफ एमले १०औं वार्षिक उत्सवको अबसरमा आफना शेयरधनिलाई २० प्रतिशत बोनस बाडन लागिएको रेडियो रेसुङ्गा एफ एम प्रालि सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले बताए । रेडियो स्थापना गर्न लगानी गर्ने शेयरधनिलाई बोनस बाडने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । रेडियोले यस अघि शेयरधनिलाई १० प्रतिशत बोनस बाडेको थियो ।
गुल्मी जिल्लाकै पहिलो रडियो स्थापनाले हाल गुल्मी जिल्लामा सञ्चार क्षेत्रले फड्को मार्दै गएको छ । रेडियोले यहि फागुन ७ गतेबाट ११औं वर्षमा प्रबेश गरेको छ । वार्षिक उत्सवको अबसरमा रेसुङ्गा एफ एम प्रालि सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले रेडियो स्थापना लगानी गर्ने शेयरधनी,कर्मचारी, बिज्ञापाना दाता र रेडियोलाई माया गर्ने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै शुभकामना दिएका छन् । उनले अहिलेको युग सुचना प्रबिधिको युग भएकाले रेडियो सत्य तथ्य सुचना सन्देशहरु प्रवाह गर्न महत्वपूर्ण भुमिका खेलेकाले आगामी दिनहरुमा पनि यसले अझवढी महत्वपूर्ण भुमिका निर्वाह गर्ने श्रेष्ठले बताए ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा स्टुडियो रहेको रेडियो टावर २ हजार मिटर भन्दा अग्लो डाँडा अर्जुनमा राखिएको छ । पाँच सय वाट क्षमता रहेको रेडियोले दैनि १८ घण्टा प्रसारण गर्दै आएको छ । वार्षिक उत्सवको अबसरमा रेडियोलाई यो स्थान सम्म महत्वपूर्ण सहयोग गर्नुका साथै सफल रेडियो बनाउनुहुने सम्पुर्ण शेयरधनी महानुभाबज्युहरु,संचालक समितिका अध्यक्ष तथा संचालक ज्युहरु ,विभिन्न ठाउँबाट सहयोग गर्ने सम्बादाता,श्रोता ,बिज्ञापनदाता एवं सम्पुर्ण सुभचिन्तक महानुभाबहरुमा स्टेशन म्यानेजर अनिता खत्रीले शुभकामना दिएकी छन् । उनले आगामी दिनमा पनि तपाईहरुको माया सलाह सुझाब यसै गरि पाउने अपेक्षा राखेको शुभकामना सन्देशमा उल्लेख छ । रेडियोमा दैनिक आफनै उत्पादनमा समाचार,सुचना मनोरञ्जनात्म कार्यक्रमहरु र केहि केन्द्रिय प्रसारणका कार्यक्रमहरु प्रसारण हुँदै आएको स्टेशन म्यानेजर खत्रीले बताइन् ।
वार्षिक उत्सवसँगै रेडियोले थप बिसुद्ध जनताको हितमा रहेर नयाँ कार्यक्रमहरु थप गर्ने तयारी गरेको उनले बताइन् । गुल्मी जिल्लाका धार्मिक,ऐतिहासिक क्षेत्रहरुको प्रचार प्रसारमा ध्यानदिँदै रेडियो सुन्ने स्रोताको जनचाहना अनुसार आएका सुझावहरुले केहि नयाँ थप कार्यक्रमहरु आगामी थपेर रेडियोलाई थप लोकप्रिय बनाउने स्टेशन म्यानेजर खत्रीले बताइन् ।
बालक देखि बृद्धसम्म लोकप्रिय बन्दै आएको रेडियो गुल्मी जिल्लासँगै छिमेकी धेरै जिल्लाहरु र इन्टरनेट मार्फत पनि सुन्न सकिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend