logo
  • शनिबार, साउन ३० २०८३

चलचित्र अनुरागको गीत “कान्छा दाई” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं ।
निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘कान्छा दाई गाना बजाईदेउन…’ बोलको उक्त क्लब भर्सनको गीत उत्कृष्ट बनेको निर्देसक चौलागाईंले बताएका छन् । गीतलाई ताराप्रकाश लिम्बुको संगीतमा तारा र ममता गुरुङले गाएका छन् । बिक्रम स्वारको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा Cartoonz Crew का सरोज अधिकारी र नायिका एलिजा गौतमले फिचर गरेका छन् ।

उक्त गीतलाई टेकेन्द्र शाहले सम्पदान गरेका छन् । वर्ष २०७५ को जेष्ठ ११ गतेलाई प्रदर्शन मिति तोकिएको ‘अनुराग’मा एलिजाका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ । साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विस्वा बस्नेत, शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

एक पृथक सांगेतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो । फिल्ममा भरत गौतम र गीता भेटवाल को लगानी रहेका छ भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् । फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend