logo
  • आइतबार, असोज ११ २०८३

रेडियो रेसुङ्गाले २० प्रतिशत बोनस दिने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी फागुन ६ ।
गुल्मीको रेडियो रेसुङ्गा एफ एमले २० प्रतिशत बोनस बाडने भएको छ। जिल्लाको सदरमुकाम तम्घासमा रहेको एफ एमले १०औं वार्षिक उत्सवको अबसरमा आफना शेयरधनिलाई २० प्रतिशत बोनस बाडन लागिएको रेडियो रेसुङ्गा एफ एम प्रालि सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
रेडियोले आफनो व्यावस्थापनसँगै बाकी रहेको रकमलाई रेडियो स्थापना गर्न लगानी गर्ने शेयरधनिलाई बोनस बाडने निर्णय गरिएको रेडियो सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । गाउँ देखि शहर सम्म शान्ति अनि समानताको प्रतिक भन्ने नाराका साथ गुल्मीमा ०६४ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अबसर पारेर रेडियो रेसुङ्गा एफ एम १०६ दशमलव २ मेगाहर्जले रेडियो स्थापना भएको थियो ।

जिल्ला स्थित बिभिन्न ५० जना व्यावसायीहरु मिलेर स्थापना भएको रेडियोले यहि फागुन ७ गते सफलतम १० वर्ष पुरा गर्दैछ । वार्षिक उत्सवको अबसर पारेर रेडियोले आफना शेयरधनिलाई बोनस दिन लागेको हो । रेडियोले यस अघि झण्डै तिन वर्ष पहिले शेयरधनिलाई १० प्रतिशत बोनस बाडेको थियो । हाल बाडन लागेको बोनस दोस्रो पटक रहेको छ । गुल्मी जिल्लाकै पहिलो रडियो स्थापनाले हाल गुल्मी जिल्लामा सञ्चार क्षेत्रले फड्को मार्दै गएको छ । रेडियोले यहि फागुन ७ गतेबाट ११औं वर्षमा प्रबेश गर्दै छ ।

वार्षिक उत्सवको अबसर पारेर रेडियोले आफना शेयरधनि र रेडियोका कर्मचारी बिच अन्र्तक्रिया कार्यक्रम राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा स्टुडियो रहेको रेडियो टावर २ हजार मिटर भन्दा अग्लो डाँडा अर्जुनमा राखिएको छ । पाँच सय वाट क्षमता रहेको रेडियोले दैनि १८ घण्टा प्रसारण गर्दै आएको छ। रेडियोमा दैनिक आफनै उत्पादनमा समाचार,सुचना मनोरञ्जनात्म कार्यक्रमहरु र केहि केन्द्रिय प्रसारणका कार्यक्रमहरु प्रसारण हुँदै आएको स्टेशन म्यानेजर अनिता खत्रीले बताइन् ।

वार्षिक उत्सवसँगै रेडियोले थप बिसुद्ध जनताको हितमा रहेर नयाँ कार्यक्रमहरु थप गर्ने तयारी गरेको उनले बताइन् । गुल्मी जिल्लाका धार्मिक,ऐतिहासिक क्षेत्रहरुको प्रचार प्रसारमा ध्यानदिँदै रेडियो सुन्ने स्रोताको जनचाहना अनुसार आएका सुझावहरुले केहि नयाँ थप कार्यक्रमहरु आगामी थपेर रेडियोलाई थप लोकप्रिय बनाउने स्टेशन म्यानेजर खत्रीले बताइन् । बालक देखि बृद्धसम्म लोकप्रिय बन्दै आएको रेडियो गुल्मी जिल्लासँगै छिमेकी धेरै जिल्लाहरु र इन्टरनेट मार्फत पनि सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend