logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी सेवा समाजले वृहत वनभोज तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कुमार “अविरल” पन्थी, कतार ।
गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मूल नाराका साथ सामाजिक क्षेत्रमा सकृय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले वृहत वनभोज तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी मार्च २३ तारिखका दिन कतारको साहनिया स्थित अल दोसरी जु पार्कमा आयोजना गरीने भएको हो । कार्यक्रममा नेपालबाट चर्चित लोक तथा दोहोरी गायक रामचन्द्र चन्द कतार आउने भएका छन । सथै सोही कार्यक्रममा कतारमा रहेका स्थानिय कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुतीहरु रहने बताइएको छ । कतारमा रहेका नेपालीहरु एवम विशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाट, प्रदेशमा रहेपनि स्वदेशी परीकारहरुको खानपान साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको कार्यक्रम संयोजक झबिन्द्र आचार्यले साझा नेटवर्कलाई जानकारी दिए ।

रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहनु भएका गुल्मेलीहरुलाई गुल्मी सेवा समाजसँग आवद्ध हुन समाजका अध्यक्ष बुद्ध पाण्डेले आग्रह गरेका छन् । उक्त दिनमा यहाँ स्थित सम्पूर्ण संघ सस्थाहरुलाई कार्यक्रम नजुधाई दिन समेत अनुरोध गरे ।

गुल्मी सेवा समाज कतारले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रमको आयोजना गरेको उल्लेख गरिएको छ । समाजले बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो । । कतारमा रहेका गुल्मेली एवम गैर गुल्मेलीहरु उक्त कार्यक्रममा सहभागी हुन् पाउने छन । कार्यक्रम स्थलमा जान आउनको लागि विभिन्न ठाउबाट यातायातको समेत व्यवस्था गरीएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend