साझा नेटवर्क
????????????????????????????????????

हुमाकान्त पोखरेल, गुल्मी फागुन ४ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको माध्यम नै शिक्षा भएकोले यसको सर्वसुलभतामा जोड दिएकी छिन् । आज विश्वमा विभिन्न किसिमले अग्र स्थानमा रहेका देशहरुको पछाडि शिक्षा महत्वपूर्ण कारण भएको उनको भनाई छ । गुल्मीको मुसिकोट नगरपालिका ६ कुर्घाको त्रिभुवन माविको स्वर्णमहोत्सवको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘समाजमा रहेको विसंगतीको जरो उखेल्ने काम नै शिक्षाले गरेको छ ।’ उनले भनिन्, ‘यसको सर्वसुलभता गर्ने दायित्व राज्यको हो ।’ त्यसका साथै त्रिभुवन माविले यस क्षेत्रमा सँस्कृती, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै उत्तरउत्तर प्रगतीको शुभकामना समेत दिइन् । राष्ट्रपति भण्डारीले शुक्रबार नै रुरु गाउँपालिकामा रहेको रुरु सँस्कृत तथा साधारण माविको सतर्षिकी कार्यक्रममा पनि सम्बोधन गरेकी छिन् । त्यस क्रममा उनले कालिगण्डकीमा स्नान र रुरु क्षेत्रको पनि दर्शन गरेकी थिइन् ।
कार्यक्रममा सँगै आएका गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सासंद गोकर्ण विष्टले आफू यस क्षेत्रको जनप्रतिनिधि भएकोले त्यस विद्यालयलाई आफूसक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । विद्यालयले आफ्नो स्थापना कालको ५० बर्ष पुगेको अवसरमा फागुन ३ गतेदेखि ८ गतेसम्म स्वर्ण महोत्सव मनाउने निर्णय गरेको छ । राष्ट्रपति भण्डारी र पूर्वमन्त्रि विष्टसँगै पूर्व मन्त्रिहरु प्रदिप ज्ञवाली, सोमप्रसाद पाण्डे तथा सासंद मैना भण्डारी पनि कार्यक्रममा उपस्थित थिए ।
विद्यालयले स्वर्ण महोत्सव मनाउने क्रममा विद्यालयमा प्राविधिक शिक्षाको संचालनको लागि आर्थिक संकलनलाई पनि तिब्रता दिएको छ । त्यस अभियानमा हालसम्म कुल ६ सय ४४ चन्दादाताबाट एक करोड ८५ लाख संकलन भइसकेको छ । जसमा सबैभन्दा धेरै घनश्याम शर्माले २० लाख विद्यालयलाई प्रदान गरेको शिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । त्यस्तै भौतिक पूर्वाधार निर्माणको लागि मुसिकोट नगरपालिकाले सात लाख विनियोजन गरेको छ ,। यस विद्यालयको स्वर्ण महोत्सव मनाउनको लागि भने ३० लाख खर्च भएको शिक्षक शर्माको भनाई छ । यस त्रिभुवन मावि कुर्घाले पछिल्ला २ बर्षसम्म लगायतार जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड जितेको थियो ।
गुल्मीमै हालसम्म तिनजना राष्ट्रप्रमुख मुसिकोट नगरपालिकाले भित्राएको छ । सबैभन्दा पहिले तत्कालिन राजा महेन्द्र शाह गुल्मीको वामीमा आएका थिए त्यसपछि तत्कालिन राजा विरेन्द्र पनि मुसिकोटकै आँपचौरमा कफी खेती अवलोकन गर्न आएका थिए । भने ०७४ साल फागुन ४ गते शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी गुल्मीकै मुसिकोट नगरपालिकामा आएकी छिन् । यसरी तिनजना राष्ट्राध्यक्ष भित्राउने गुल्मीको मुसिकोट नगरपालिका पहिलो स्थानिय तह हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend