logo
  • शनिबार, साउन ९ २०८३

केपी शर्मा ओली प्रधानमन्त्री भएकोमा गुल्मीमा दिपावली


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री, गुल्मी फागुन ३ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको ४१ औ प्रधानमन्त्रीको खुसियालीमा एमाले निकट २ वटा भातृसंगठनले गुल्मीमा दिपावली गरेका छन् । बिहिवार साँझ युवासंघ नेपाल र अनेरास्वबियु गुल्मी जिल्ला कमिटीले सदरमुकाम तम्घासमा ओलीले प्रधानमन्त्रीको सपथग्रहण भएको खुसियालीमा दिपावली गरेका हुँन् ।

दुई संगठनले तम्घासको लाकुरी मञ्चमा भेलाका कार्यकर्ताहरुले ओली प्रधानमन्त्री भएको खुसियाल र वामपन्थी स्थीर सरकार बनेको उपलक्ष्यमा दिपावली गरिएको अनेरास्वबियु केन्द्रिय निर्वाचन आयोगका सदस्य काशिराम पाण्डेयले जानकारी दिए । देश र जनताको अहिलेको आबश्यकता स्थीर बामपन्थीको सरकार खोजेकाले अब त्यो सपना पुरा भएको पाण्डेयले बताए ।

मुलक राजनितिक स्थीरता भएकाले अब आर्थिक समृद्धि तर्फ लाग्ने बेला आएकोले बामपन्थी सरकारकोले देसमा परिर्वतनको महसुस हुँने गरि अगाडी बढनु पर्ने युवासंघ नेपाल गुल्मीका जिल्ला अध्यक्ष मोहनप्रसाद पाण्डेयले जोड दिए । दुई संगठनले मैन बत्ती बालेर दिपावली गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend