साझा नेटवर्क
Presedent Bidya Devi Bhandari. Photo: President's Office
प्रेम सुनार, गुल्मी फाल्गुन ३ ।
भोलि गुल्मीको रिडी र भुवाचिदीका गरी दुई विद्यालयका बेग्ला बेग्लै कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी आउने भए पछि आजै देखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
रिडीको संस्कृत तथा साधरण माध्यमिक विद्यालयको सतवार्षिकी समारोमा र भुवाचिदीको त्रिभुवन माध्यामिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्वोधन गर्न राष्ट्रपति भण्डारी आउने कार्यक्रम रहेको छ । सुरक्षा व्यवस्थाका सम्वन्धमा हामीले गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद खनाल संग जिज्ञाषा राख्दा उनले सुरक्षा व्यवस्था आजै देखि कडा पारिएको जानकारी दिए । हामी आज रिडीमा पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुराज ढकाल सहित संयुक्त बैठक बस्यौं प्रमुख जिल्ला अधिकारी अर्यालले भने पाल्पा , गुल्मी र स्याङ्गजा समेतको सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतम , प्रदेश सांसद कमलराज श्रेष्ठ, उता मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, प्रदेश सांसद खड्ग केसीले राष्ट्रपति गुल्मी आउनुलाई गौरवको रुपको रुपमा लिएर स्वागतका लागि आफुहरु व्याग्र प्रतिक्षामा रहेको बताए । नगर प्रमुख सापकोटाले र ति दुवै विद्यालयले गुल्मीका सवै सञ्चार माध्यममा सुचना प्रवाह गरी सारा जिल्लावासी र छिमेकी जिल्लावासीलाई समेत राष्ट्रपति भण्डारीको स्वागतका लागि निमन्त्रणा गरेका छन् ।
भोली विहान राष्ट्रपति भण्डारी कालिगण्डकीमा स्नान गर्ने ऋषिकेश मन्दिर सहित विभिन्न मठ–मन्दिरमा दर्शन र रुरु क्षेत्रको अवलोकन गर्ने र त्यस लगत्तै रिडीको संस्कृति तथा साधरण माध्यामिक विद्यालयको सतवार्षिकी समारोहमा शरिक हुने त्यस पति भोली नै त्रिभुवन माध्यमिक विद्यालय कुर्घा भुवाचिदीको स्वर्णमहोत्सवमा सहभागि भई राजधानी फर्किने कार्यक्रम रहेको जनाईएको छ । गणतन्त्र पछि गुल्मीमा राष्ट्र प्रमुखको यो दोश्रो भ्रमण हो भने राष्ट्रपति भण्डारीको यो पहिलो भ्रमण हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend