logo
  • आइतबार, असोज ११ २०८३

नेपाल रेडक्रस सोसाइटी छत्रगंज उपशाखाले आधारभूत प्राथमिक उपचार प्रशिक्षण दिदै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

दिपेन्द्र श्रेष्ठ,अर्घाखाँची फाल्गुन २ ।
महाशिवरात्रिको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी उप साखा छत्रगंज अर्घाखाँचीको आयोजना तथा छ्त्रदेब गाउँ पालिकाको आतिथ्यता साथै सहयोगमा फाल्गुन १ देखि ४ गतेसम्म सन्चान हुने चार दिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण कार्यक्रममको मंगलबार छ्त्रगंजमा उद्घाटन भएको छ ।
जिल्लाको छ्त्रदेब गाउँ पालिका वार्ड नं ५ छ्त्रगंजमा रहेको श्री सार्बजनिक माबिको प्रांगणमा हुने प्रशिक्षणको उद्घाटन समारोह राष्ट्रिय गान हुदै रेडक्रस सोसाइटीका सस्थापक हेनरी डुयुनाको तस्बिरमा माल्यामपर्ण गर्दै सुभारम्भ भएको कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका उप सभापति तथा छत्रगंज उपशाखाका सभापति कैलाश कुमार श्रेष्ठको अध्यक्षता, शम्भु प्रसाद पोख्रेलकोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो |कार्यक्रममा छ्त्रदेव गाउँपालिका वार्ड नं ५ का अध्यक्ष बालकृष्ण श्रेष्ठ ,प्रशिक्षक नेपाल रेडक्रस सोसाइटी गुल्मिका उपसभापती कृष्ण भण्डारी ,नवलपरासिका मन्त्री शशी कडेल ,छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेल लगाएतले ले मन्तव्य राख्नु भएको थियो।कार्यक्रमको सन्चालन कृष्णबहादुर खत्री र स्वागत मन्तब्य उपसाखाका सदस्य नेत्रप्रसाद पोख्रेल ले गर्नु भयो।
छ्त्रदेब गाउपालिकाका आठै वटा वार्डका जनप्रतिनिधि , विधालयका प्राचार्यहरु ,रेडक्रस उप शाखा छ्त्रगंजका कार्यसमिति ,स्वास्थ्य क्षेत्रका कर्मचारी ,पत्रकार ,समाजसेबी हरुको आतिथ्यता रहेको कार्यक्रममा रेडक्रस सोसाइटी को आजिबन सदस्यतालिएका हरुलाई प्रमाण पत्र प्रदान गरि सम्मान समेत गरिएको थियो ।

उदघाटन समारोहमा बोल्दै उप शाखाका सभापति कैलाश कुमार श्रेष्ठले उक्त कार्यक्रम आयोजना गर्न सहयोग पुर्याउने छ्त्रदेब गाउ पालिका प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै उक्त प्रशिक्षणबाट सिकेका कुराहरुलाई सबै शिक्षक ,बिधार्थी प्रतिनिधिहरुले तालिम पश्चात आ आफ्नो बिधालयमा सबैलाई सिकाइ ब्याबहारमा समेत उतार्नु पर्नेमा जोड दिनुभयो ।

छ्त्रदेब गाउ पालिका मा रहेका बिधालयका शिक्षक र बिधार्थी गरि २४ जनाको सहभागिता रहने चार दिने प्रशिक्षण कार्यक्रममा विपद ब्याबस्थापन तथा भैपरी आकस्मिक  स्वास्थ्य समस्यामा कसरि प्राथमिक उपचार गर्न सकिन्छ भन्ने बिषयमा तालिमप्राप्त तथा मान्यता प्राप्त प्रशिक्षक हरुबाट प्रशिक्षण दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend