साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
ईश्वर काफ्लेको प्रस्तुतीमा चर्चित गायक हेमन्त शर्माको “कुसुम” नामक आधुनिक गीति एल्वम सार्वजनिक भएको छ । गीतलाई गत शुक्रबार बसन्त फिल्मस प्रालीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिए लगतै छोटो समयमा चर्चा कमाउन सफल रहेको छ ।
निर्देशक निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियोलाई बुद्ध थापा को टिमले छ्याङ्कन र बिकास धमलाले सम्पादन गरेका हुन् भने गीतको भिडियोमा अभिनेता तथा सञ्चारकर्मी सुरज सिंह ठकुरी र नायिका प्रियंका कार्कीले अभिनय गरेका छन् ।
गितमा बि.बि. अनुरागीको संगीत छ भने गीतलाई लेख कार्कीले लेखेका हुन् । भिडियोमा सुरज र प्रियंकाको बाल्यकाल देखिको प्रेम देखाइएको छ । जसमा बालकलाकार प्राप्ति सुबेदि र अायुष चौधरिको अभिनय देख्न पाइन्छ। हेमन्तले गीतमा दर्शक, स्रोतलाई फरक स्वाद दिने प्रयास गरेका छन् , भने निर्देषक खड्काले पनि फरक स्वादको कथामा भिडियो तयार पारेका छन ।
बसन्त फिल्मस् ले बजार ब्यवस्थापन गरेको गितलाई बसन्त फिल्मस् को अाफ्नै अफिसियल युटुब च्यानल मा बिस्वभरि हेर्न र सुन्न पाइने गरि सार्बजनिक गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend