logo
  • शनिबार, भाद्र २० २०८३

अ.से.समाजको २१ बैठक सम्पन्न मृगौला पीडित जलजला परियारलाई आर्थिक सहयोग 


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
अर्घाखाँची सेवा समाज कतारले २१ औ बैठक सम्पन्न गरेको छ । अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा संस्थाका प्रमुख सल्लाहकार क्रान्ति सिंह विशेष सल्लाहकार जितेन्द्र पाण्डे साथै कार्यसमिति तथा जिल्ला बासीहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।भूमिकास्थान नगरपालिका – ३ ढाकावाङ घर भई हाल सन्धिखर्कमा बसोबास गर्दै आएकी गायिका  जलजला परियार दुबै मृगौलाले काम गर्न छाडेपछि अहिले काठमाडौं स्थित शिक्षण अस्पताल महाराजगन्जमा उपचार गरिरहेकी छन । जलजलाको घरको आर्थिक अवस्था अत्यान्तै कमजोर भएकोले सहयोगको लागि विभिन्न सामाजिक सञ्जालहरु निजको परिवारले अपिल गरेका थिए ।उनी प्रतिस्पर्धी नेपाली तारा सिजन ३ कि उज्ज्वल एक तारा पनि हुन । समाजले शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गरेको छ । उक्त बैठकमा उपस्थित जिल्ला बासी सुभचिन्तहरुबाट आर्थिक रकम सङ्कलन गरि सस्थाको अध्यक्षलाई हस्तान्तरण गरि उक्त पिडितको बैंक खाता जम्मा गर्ने जिम्मा दिएको थियो।

अन्तमा समाजका अध्यक्ष ठाकुर कुमार परियारले उपस्थित सम्पुर्णमा सहयोगीहरु प्रति विशेष धन्यवाद प्रकट गर्दै सौहार्द बाताबरण सम्पन्न गर्नु भएको थियो । बैठक सञ्चालन महासचिव टेक राज थापाले सञ्चालन गर्नु भएको थियो ।

उक्त बैठकमा विभिन्न ब्याक्तित्वहरुबाट सङ्कलित रकम क.री ६१९ /- यसै सस्थाका अध्यक्ष मार्फत पीडित Account holder name of जलजला परियार नारायण बहादुर दर्जीको खाता नेपाली १७ हजार १६ रुपैया उन्चालीस पैसा Sanima Bank Naxal main branch जम्मा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend