साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ २८ ।
गुल्मीका समाजसेवी व्यक्तिको आर्थिक सहयोगमा तम्घासमा चलेको बृहत नि:शुल्क स्वास्थ्य शिबिरमा १ हजार ४ सय वढी बिरामीले सेवा लिएका छन् । मानबहादुर एण्ड मायादेवी फाउन्डेसनको आयोजनामा जिल्ला अस्पताल तम्घासमा गुल्मी २ दिने नि:शुल्क औषधी सहितको बृहत स्वास्थ्य शिबिर आयोजना गरिएको हो ।
जिल्लाको सदरमुकाम तम्घासमा २ दिनसम्म चलेको शिबिरबाट १ हजार भन्दा वढी र अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको अर्घातोसमा ४ सय भन्दा वढी बिभिन्न रोगका बिरामीहरुले शिबिरको सहयोगी संस्था लोक दोहोरी प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले जानकारी दिए । जिल्लाको सदरमुकाम तम्घासमा उक्त फाउन्डेसनले ०७२ साल देखि निरन्तर बिशेषज्ञ यक्टर सहितको निशुल्क स्वास्थ्य शिबिर गर्दै आएको छ ।
जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोड निवासी समाजसेवी मानबहादुर श्रेष्ठ र मायादेवी श्रेष्ठका छोराहरु ज्ञानेश्वर श्रेष्ठ, हिरन्यराज श्रेष्ठ नरेन्द्रमान श्रेष्ठ र बिरेन्द्र श्रेष्ठको आर्थिक सहयोगमा २ दिने बृहत निशुल्क स्वास्थ्य शिबिर आयोजना भएको हो ।
बृहत निशुल्क स्वास्थ्य शिबिरमा दात, हात खुट्टा,ढाड कम्मर पोल्ने,झमझमाउँने, बाथ रोग युरिकएसिड, सुगर रोग, मुटुको समस्या, इसिजी सेवा,नाक कान घाटी सम्बन्धी समस्या,खाना मन नलाग्ने, अनिद्रा, झस्कने, तर्सर्ने, आलस्या हुने, ओछ्यानमा पिसाप गर्ने, साथै स्त्रीसम्बन्धी महिनामारी अनियमित हुने लगायतका रोगहरुको चेक जाँचका लागी बिशेषज्ञ डक्टरहरुको व्यवस्था मिलाइएको श्रेष्ठ परिवारले जनाएको छ ।
बिभिन्न रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेका गरिव, बिपन्न परिवारहरुका लागि लक्षित गरि शिविरको आयोजना गरिएको समाज सेवी श्रेष्ठका छोरा ज्ञानेश्वर श्रेष्ठले बताए । उनले समाजमा उपचार गर्न नसक्ने जुन गाउँमै बसेर रोग पालेका असायहरुलाई स्वास्थ्य सेवाको पहुच ल्याउने मुख्य उदेश्य रहेको श्रेष्ठले बताए ।
उनले अघिल्ला शिबिरहरुबाट उपचार पाएका बिरामीहरु आफनो रोगनिको भयो भन्दै पुन यो शिबिरमा आएर धन्यवाद दिएकाले त्यसले झनै प्रेरण मिलेको बताए । पैसा हुनेले बिभिन्न ठाउँमा गएर उपचार गर्नसक्छन् श्रेष्ठले भने ‘हामीले नितान्त गरिवहरुको लागी थप उपचार गर्न काठमाडौमा पनि व्यवस्था मिलाउँदै आएका छौं ।
समाजको निम्ती केहि गरौ भन्ने मुख्य उदेश्यले वर्षेनी निशुल्य शिबिर गर्दैआएको श्रेष्ठले बताए । यो निशुल्य शिबिरलाई व्यावस्थीत गरी आगामी दिनहरुमा पनि निरन्तरता दिने उनले बताए । शिबिरमा बिशेषज्ञ डाक्टरहरुको चेकजाँच र औषधीको पूर्ण रुपमा निशुल्क दिने गरि श्रेष्ठ परिवारको आर्थिक सहयोग रहेको छ ।
स्वास्थ्य शिबिरमा काठमाडौबाट आएका बिभिन्न रोगका बिशषेज्ञ डक्टरहरु सहित ३४ जनाको मेडिकल टोले चेकजाँच गरेका छन् । शिबिरलाई सम्पन्न गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रष्तिठान शाखा गुल्मी, जिल्ला प्रहरी कार्यालय गुल्मी, शसस्त्र प्रहरी वल गुल्मी,विरभद्र जंग गुल्म,श्री सत्यसाई केन्द्र तम्घास र रेसुङ्गा युवा क्लव, लेकबेसी आमा समुहले सहयोग गरेका थिए ।
शिबिर सम्पन्न गर्न सहयोग गर्ने बिभिन्न संघ संस्था र डक्टरहरुलाई फाउन्डेसनको तर्फबाट गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले सम्मान पत्रले सम्मन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend