logo
  • शनिबार, असोज १० २०८३

प्रणय दिवसको पुर्वसंध्यामा टुक्रियो अर्को एउटा सम्बन्ध


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं ।
फेव्रुअरीको महिना, संसार भरी प्रेम दिवसको रौनक चलिरहेको समय । युवा प्रेमी जोडीहरुको पर्व ‘भ्यालेन्टाइन डे’–फरवरी–१४ लाई साप्ताहिक रुपमा मनाउने एक किसिमको लहर चलिरहेको बेलामा फेरि एक कलाकारको सम्बन्ध विच्छेद भएको खवर प्राप्त भएको छ ।

लगातार आइरहेका कलाकारहरुका सम्बन्ध बिच्छेदका खवरले यो २०७४ साल सबैभन्दा धेरै कलाकार जोडीहरुको सम्बन्ध टुक्रिएको बर्षको रुपमा चिनिन पुग्ने देखिन्छ । एक खुट्टाले नृत्य गर्ने चर्चित नृत्यांगना नीलम ढुंगाना र उनका श्रीमान देवेन्द्र बस्नेतले दस बर्ष लामो बैबाहिक जीवनको सहयात्रा टुङ्याउने घोषणा सामाजिक संजाल मार्फत गरेका छन् ।

केही समय अगाडि देवेन्द्र बस्नेतले उनकी श्रीमती कलाकार निलम ढुंगानाले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मोरङमा हालेको फिरादपत्रको फोटोको क्यापसनमा ‘द ईन्ड’ लेखेर फेसबुक मार्फत सार्वजनिक गरेका थिए । कलाकार निलम ढुंगानाले अदालतमा दर्ता गराएको फिराद पत्रमा यस्तो आरोप उल्लेख छ ।

‘आफु कलाकारिताको सिलसिलामा बाहिर समाजसंग घुलमिल हुन आवश्यक रहेको तर आफ्नो श्रीमानको अत्यन्तै शंका गर्ने बानी र संकिर्ण सोच भएको कारण साधारण कुराहरुमा समेत आफ्नो गम्भीर रुपमा अपमान हुने ब्यबहार गरेको, श्रीमानले आफुलाई काम गर्न नदिएको, अनावश्यक दवाव संगै मानसिक तनाव दिएको बताएकी थिइन ।

पछी घर निकाला गरेको साथै विभिन्न तरिकाबाट धम्क्याउने गरेको कारण आफ्नो श्रीमानबाटै आफ्नो जिउ ज्यानलाइ खतरा रहेको भन्दै जिउ ज्यानको समेत रक्षा गरिपाउ’ भनी उल्लेख गरेकी थिइन । त्यही फिरादपत्रलाई उनका श्रीमान देवेन्द्र बस्नेतले ‘द इन्ड’ क्याप्सन राखेर सार्वजनिक गर्दै सम्बन्ध सकिएको घोषणा गरेका थिए ।

यो खबरका बारेमा नृत्याङना निलम ढुंगानासंग कुरा गर्न खोज्दा अहिले यो बिषयमा आफु केही बोल्ने अवस्थामा नरहेको कुरा बताईन । हाल निलम आफ्नी छ महिनाकी छोरी लिएर माइत बस्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend