logo
  • शनिबार, साउन ३० २०८३

नगर उपप्रमुख मञ्जु अधिकारीको प्रेस विज्ञप्ति : प्रेस काउन्सिलको ध्यानाकर्षण होस


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

तारा अधिकारी, बार्सिलोना ।
फलेवास नगर उपप्रमुख मञ्जु अधिकारीले दियोपोस्ट अनलाईनमा आफुले परिवार संग मदिरा सेवन गर्दै गरेको तस्विर सहितको भ्रामक समाचार प्रकाशन प्रति घोर भत्र्सना व्यक्त गरेकी छिन ।

शनिवार प्रेस विज्ञप्ति निकाल्दै अधिकारीले समाचार जहिले पनि सत्य नै हुन्छ भन्ने जनमानसिकताको गलत फाइदा उठाउँदै भ्रामक समाचार सम्प्रेसण गरेको दावी गरेकी छिन । व्यक्तिगत लाभको लागि ठूला र लोकप्रिय व्यक्तित्वहरूलाई निशाना बनाई आफ्नो दूनो सोझ्याउने खेलमा लागेका व्यक्तीले जिम्मेवार व्यक्तिको मान मर्यादामा प्रतिकुल आँच पुग्ने गरि भ्रामक शिर्षक राखि प्रकाशन गरेको समाचार प्रति आपत्ति जनाएकी हुन ।

आफु र आफ्नो श्रीमानले २०७० सालमा काठमाडौँको एक होटलमा खाना खाएको तस्बिर लाई प्रयोग गर्दै दियो पोष्ट लगाएतका अनलाईनले आफ्नो मान मर्दन हुने गरि समाचार प्रकाशित गरेको भन्दै खेद प्रकट गरेकी छिन ।

अधिकारी भन्छिन हामीले परिवार जमघटका बेला होटलमा खाना खाएको तस्बिर फेसबुकमा पोस्ट गरेका थियौँ सोही तस्बिर लाई हतियार स्वरूप प्रयोग गरि कहिल्यै मधपान नगर्ने व्यक्ति लाई मदिरा सेवन गर्यो भन्दै सम्प्रेसण गरिएको समाचार आफैमा हाँस्यास्पद र लज्जास्पद रहेको उनले जारि गरेको विज्ञप्तिमा भनिएको छ।

आफ्नो पारिवारिक जीवन र परिवार सँग सँगै खाने,बस्ने स्वतन्त्र अधिकार माथी कुल्चिन खोज्ने,जनमतको अपमान गर्न खोज्ने,जनप्रतिनिधी तथा महिला उपप्रमुख माथी प्रहार गरिएको सुनियोजित कार्यको खेद प्रकट गर्दछु उनले जारि गरेको विज्ञप्तिमा भनिएको छ ।

होटलमा खाना खाएको तस्बिर सँग जोडी उपमेयर र सांसद जस्तो जिम्मेवार जनप्रतिनिधीको मान हानी हुने गरी मदिरा सेवन गरेको भनी सार्वजनिक गरिएको निराधार समाचारको पछी नलाग्न सबैमा अपिल पनि गरेकी छिन ।

अधिकारीले सञ्चार माध्यम सञ्चालन निर्देशिकाको मर्म,भावना र प्रावधान बिपरित आफ्नो क्षेत्राधिकार बाहिर रहेर यस्ता भ्रमिक,कल्पित र झुटो समाचार प्रकाशन गर्ने अनलाईनले सामाजिक सद्धभाव अझ बढी खल्बलाउन सक्ने भन्दै उक्त समाचार प्रकाशित गर्नेलार्ई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कार्बाही गरी पत्रकारिताको पेशागत मूल्य,मान्यता र मर्यादामा समेत सकारात्मक प्रभाव पार्न प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण समेत गराएकी छिन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend