साझा नेटवर्क
????????????????????????????????????
दीलिप पराजुली, दोहा।
अनेसास–नवोदितको ७८ औं वाचन डवली “सागरमा साहित्य“ शिर्षकमा दोहाको कर्नेस स्थित समून्द्रमा डुङ्गामा सयर गर्दै भब्यताका साथ सम्पन्न भएको छ । कतारमा रहेका साहित्यिक सस्थाहरुले गर्दै आएका डबली हरेक महिनाको दोश्रो शुक्रबार सम्पन्न गर्दै आए पनि यो डबली बिशेष बनेको अनेसास कतारका महासचिब मणि पौडेलले बताए ।
बिगत लामो समयदेखि दोहामा साहित्य सिर्जना गर्दै आएका अनेसास नवोदितका पुर्व बिशिस्ट श्रोता बिनोद खड्काले सागर माथि रचना वाचन गर्न पाउदा एकदम रमाइलो अनुभव रहेको बताए । कार्यक्रममा डेढ दर्जन भन्दा बबढीले आफ्ना सृजना पस्केका थिए ।
माधब पौडेलको गजल बाट शुरु भएको कार्यक्रममा अनिल कुमार बिस्ट, मणि पौडेल, रुप रसाइली, हरिविनोद अधिकारी, सिताराम थापा, सन्तोष अधिकारी, राजन राई, प्रेम प्रसाद भट्टराई, बिनोद खड्का, बिन्दा लामा, माया के.सी, सुरेश परियार, चक्र कार्की, दीलिप पराजुली, लेख कार्की, ,श्यामराज रानाभाटले गजल तथा कविता वाचन गरेका थिए ।
करिब तीन घण्टा चलेको डबलीमा प्रेम दिवस नजिकिदै गर्दा गजल तथा कविता स्रिंगारिक भावमा प्रस्तुत भएका थिए । कार्यक्रममा नबोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष लेख कार्कीको गीति एल्बम “कुसुम“ को नेपालमा रिलीज भएको केहि बेरमा नै बसन्त फ्लिम परिवार र कार्कीले संयुक्त रुपमा पहिलो पटक उद्घाटन गरिएको थियो ।
कुसुम कार्कीको दोश्रो गीत रेकर्ड भएको हो । कार्यक्रममा बिशिस्ट श्रोताको रुपमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मिया रहेका थिए भने डबलीको संचालन चक्र कार्कीले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा बिशिस्ट श्रोता मियाले लामो समय देखी चलिरहेको डबलीमा पहिलेको तुलनामा साहित्य बिकाश भएको बारे जानकारी दिए । पत्रकार र साहित्यकार आपसका परिपूरक भएकाले पनि सधै साथ र सहयोग रहने बताए । कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यबाद दिदै कार्यक्रमको समापन गरेका थिए ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend