साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ ।
गायक नागेन्द्र श्रेष्ठको साँझ ढलि गयो तिमी नहुँदा, दिल यो बेचैन भयो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बालकृष्ण सजिवको शब्द शृजना तथा अनिल शाहीको संगीतमा सजिएको गीतमा गायक श्रेष्ठ सलल बग्दा यो गीत हेर्ने र सुन्ने दर्शकलाई लट्ठ पार्न सफल देखिन्छन् निर्देशक शिशिर श्रेष्ठ ।
अनिल शाही र अञ्जु चौलागाईको रोमाञ्चकारी अभिनय रहेको गीतलाई मुकेश हुमागाईले छायांकन गरेका हुन् ।
गीतले साँझमा आफ्नी मायालु नभएको पलमा दिल बेचैन भएको कुरा लगायतका माया र प्रेम झल्किने कुरालाई नजिकबाट केलाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend