logo
  • शुक्रबार, असोज ९ २०८३

स्कटल्याण्डमा छायांकन गरिएको लोक गीत “पानी पर्‍यो “सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रकाश अर्याल,स्कटल्याण्ड।
स्कटल्याण्डमा नेपाली चलचित्रको गीत र म्युजिक भिडीयो छायांकनको लागि पछिल्लो समय देखि लोकप्रिय स्थल बन्दै गरेको छ। स्कटल्याण्डमा छायांकन भएको नेपाली चलचित्र “लिलिबिली” र “कृ” को गीतहरु चर्चित भएका छन् ।यसै क्रममा स्कटल्याण्डमा छायांकन गरिएको नेपाली लोक गीत “पानी पर्‍यो गैरी खेतैमा ” को म्युजिक भिडीयो म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ। म्युजिक भिडियोमा मायाँ पिरतीका पहिलो भेटमा गर्नु हुन् मायाँ बुझेर गर्नु पर्छ भन्ने बढ्दो अन्ध भक्द बन्ने युवा युवतीहरुलाई संदेश दिएको बुझिन्छ । सोहन घिमिरेको संगीत रहेको उक्त गीतमा सोहन घिमिरे र पुस्तका खड्काको स्वर तथा नविन खड्का र सोहन घिमिरेको शब्द रहेको छ। उक्त भिडियो स्कटल्याण्डको राजधानी एडिनब्रामा छायांकन गरिएको उक्त गीतमा सृष्टि कार्की र सन्तोष गैरेले  अभिनय रहेको भिडियोलाई आम दर्शक तथा श्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गरिएका  छन् । मोहन कार्कीको कोरियोग्राफी रहेको उक्त गीतको निर्देशन/छायांकन/सम्पादन दिपेश रेग्मीको रहेका छ ।

                                      

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend