साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ २६ ।
गुल्मीका एक समाजसेवी व्यक्तिको आर्थिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिबिर हुने भएको छ । मानबहादुर एण्ड मायादेवी फाउन्डेसनको आयोजनामा जिल्ला अस्पताल तम्घास गुल्मीमा माघ २७ र २८ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोड निवासी समाजसेवी मानबहादुर श्रेष्ठ र मायादेवी श्रेष्ठका छोराहरु ज्ञानेश्वर श्रेष्ठ, हिरन्यराज श्रेष्ठ नरेन्द्रमान श्रेष्ठ र बिरेन्द्र श्रेष्ठको आर्थिक सहयोगमा २ दिने नि:शुल्क स्वास्थ्य शिबिर हुने भएको हो । नि:शुल्क स्वास्थ्य शिबिरको सम्पूर्ण तयारी पुरा भएको मानबहादुर एण्ड मायादेवी फाउन्डेसनले जनाएको छ ।
बृहत नि:शुल्क स्वास्थ्य शिबिरमा दात, हात खुट्टा, ढाड कम्मर पोल्ने, झमझमाउँने, बाथ रोग युरिकएसिड, सुगर रोग, मुटुको समस्या, इसिजी सेवा, नाक कान घाटी सम्बन्धी समस्या, खाना मन नलाग्ने, अनिद्रा, झस्कने, तर्सर्ने, आलस्या हुने, ओछ्यानमा पिसाप गर्ने, साथै स्त्री सम्बन्धी महिनामारी अनियमित हुने लगायतका रोगहरुको चेक जाँचका लागी विशेषज्ञ डक्टरहरुको व्यवस्था मिलाइएको श्रेष्ठ परिवारले जनाएको छ ।
बिभिन्न रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेका गरिव, बिपन्न परिवारहरुका लागि लक्षित गरि शिविरको आयोजना गरिएको समाज सेवी श्रेष्ठका छोरा ज्ञानेश्वर श्रेष्ठले बताए । शिबिरमा समाजसेवी श्रेष्ठ परिवारको आर्थिक सहयोग रहेको छ ।
शिबिरलाई सम्पन्न गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रष्तिठान शाखा गुल्मी, जिल्ला प्रहरी कार्यालय गुल्मी, शसस्त्र प्रहरी वल गुल्मी ,विरभद्र जंग गुल्म धागिथुम ब्यारेक, श्री सत्यसाई केन्द्र तम्घास र रेसुङ्गा युवा क्लव, लेकबेसी आमा समुहले सहयोग गर्ने भएका छन ।
स्वास्थ्य शिबिरमा काठमाडौबाट आएका बिभिन्न रोगका ३४ विशषेज्ञ डक्टरहरुले चेकजाँच गर्ने भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend