logo
  • आइतबार, असोज ११ २०८३

रेसुङ्गा नगरपालिकाको २ गोठमा आगोलागी पशुचौपाया मरे


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी माघ २६ ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा २ गोठमा आगोलागी हुँदा पशुचौपाया मरेका छन् । शुक्रवार दिउसो रेसुङ्गा नगरपालिका वडा नम्बर ११ स्थित राङवासमा प्रेमरत्न पाण्डेय र यमबहादुर सारुको गोठमा आगोलागी हुँदा २ वटा भैसी र १ वाख्रो जलेर मरेको स्थानिय पदम अर्यालले जानकारी दिए । प्रेमरत्नको गोठमा लागेको आगोले २ वटा भैसी र १ बाख्रा जलेर मरेका हुँन् । सोहि आगो नियन्त्रण भन्दा वाहिर गएपछी अर्को बंगालोमा लागेको वडा अध्यक्ष खुमबहादुर रानाले जानकारी दिए । अर्को बंगालेमा रहेका पशुचौपायाहरुमा क्षती नभएपनि पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगो निभाउन स्थानिय आमा समुह, नगरपालिकाको दमकल, नेपाल प्रहरी शसस्त्र प्रहरी लगायतले नियन्त्रणमा लिएका हुन् । आगोलागीको कारणले भने खुल्न सकेको छ्रैन् । २ गोठमा लागेको आगोबाट ५ लाख भन्दा वढी क्षती भएको वडा अध्यक्ष रानाले जानकारी दिए ।

मुसिकोट नगरपालिको एक जंगलमा बिहिवारबाट लागेको आगो नियन्त्रणमा आएको छ । गुल्मीमा पछिल्लो ३ दिन यता वनजंगलमा आगोलागीका घटना वढन थालेका छन् ।

सुख्खा मौसम भएकाले आगोलागी लाग्नै नदिन प्रति सजक रहन गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले अनुरोध गरेका छन् ।

उनले बनजंगलमा आगोलागी हुँन नदिन सबैले सजकता अपानाएर जनधनको क्षती हुनबाट रोक्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend