logo
  • आइतबार, असोज ११ २०८३

गुल्मेली नागरिक अघोषित लोडसेडिङ्गको च्यापुवामा कार्यालयको रेडिमेट जवाफ : जनप्रतिनिधी बेखर


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी माघ २५ ।
गुल्मीलाई लोडसेडिङ्ग मुक्त जिल्ला भनेपनि अघोषित लोडसेडिङ्गको च्यापुवामा नागरिक परिरहेका छन् । बिहान र साँझमा प्राय बिद्युत कटौती भैरहन्छ । भने दिउँसोमा समेत अनियमित रुपमा बिद्युत कटौती हुँदा उद्योग, कलकारखानादेखि सरकारी कार्यालय र संचार माध्यमहरुलाई प्रत्यक्ष असर परिरहेको छ ।

गाउँमा एक हप्ता बिद्युत नहुँदा खोइ मानव अधिकार ?

गाउँमा एक हप्ता सम्म बिद्युत अवरुद्ध हुँदा नेपाल बिद्युत प्राधिकरण मौन बस्छ । ‘एक हप्तासम्म गाउँमा बिद्युत नहुँदापनि कार्यालय चुप बस्छ,’मालिका गाउँपालिका ५ छापहिलेका देविराम गिरीले भने,‘लोडसेडिङ्ग मुक्त जिल्ला नाम मात्रको भयो ।’ गाउँमा लाइन गए कसलाई फोन गर्ने भन्ने समेत टुङ्गो नभएको उनले गुनासो गरे ।

प्राधिकरणमा फोन गर्दा सिस्टम गएको रेडिमेट जवाफ आउने गिरीले बताए । ‘सदरमुकाममा एक मिनेट लाइन गए ठुलोको फोन पुग्छ,’उनले भने,‘गाउँमा एक साता बिद्युत नहुँदा खोइ मानव अधिकार ।’ यो नौलो समस्या होइन । यसको दिर्घकालिन समाधानका लागि विभिन्न सरोकारवाला निकायहरुले कार्यालयको ध्यानाकर्षण गराउने गरिरहेका छन् ।

‘पटक पटक कार्यालयको ध्यानाकर्षण गराएपनि झारा टार्ने काम मात्र भएको छ,’मानव अधिकारकर्मी गणेश श्रेष्टले भने,‘उद्योग, स्वयम सरकारी कार्यालय र संचारमाध्यम समेत प्रभावित भइरहेका छन् ।’ एक हप्तामा एक दिन राम्रोसंग बिद्युत आए ६ दिन अध्याँरोमा बस्नुपर्ने समस्या रहेको इस्मा गाउँपालिका ४ दोहली स्वास्थ्य चौकीका प्रमुख रमेशमरासिनीले बताए ।

ग्यारेज, लिफ्टिङ्ग खानेपानी, वेकरीज, डेरी र अन्य होटल व्यावसायीहरु मर्कामा परिरहेको गुल्मी उद्योग बाणिज्यसंघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले बताए ।

हावाहुरी र सिस्टमको समस्या : इन्जिनियर

कालीगण्डकी ए प्रभावित जिल्ला भएका कारण गत छ वर्षअघि गुल्मीलाई लोडसेडिङ्ग मुक्त जिल्ला घोषणा गरिएको थियो । प्राधिकरणका इन्जिीनियर मेखराज जोशीका अनुसार जिल्लामो रिडीमा २.४ मेगावाट र ५ मेगावाटको हुग्दी हाइड्रो पावर रहेका छन् ।

जसमा रिडी हाइड्रो पावरले १.२ मेगावाट मात्र बिद्युत उत्पादन गरिरहेको जोशीले बताए । उनले पछिल्लो समय हावाहुरी बढि चलेको तथा वुटवलकै सिस्टमले का नगर्दा बिद्युत जाने आउने भएको प्रतिक्रिया दिए । साथै गाउँमा धेरै लामो लामो लाइन भएका कारण फल्ट भेटाउनै मुस्किल पर्ने भएकाले धेरै समय लाग्ने गरेको उनले बताए ।

उनले गुल्मीमा रहेका साना दुई हाइड्रोपावर पनि स्वचालित नभएका कारण पुन संचालनमा ल्याउन अरु जिल्लाको लाइन खोज्नुपर्ने बाध्यताले अझै गाह्रो भैरहेको बताए ।

जनप्रतिनिधी बेखबर

अहिले जिल्लाका धेरै कार्यालय गाउँमा पुगेका छन् । गाउँमा पनि सदरमुकामका थुप्रै काम हुन्छ । त्यो मात्र हैन । केहि साना उद्योग र होटलहरु पनि गाउँमा छन् । बिद्युत पुगेको धेरै समय भएका गाउँमा धेरैले मोवाइल चार्जदेखि अन्य इलेक्ट्रोनिक कामको लागि बिद्युतकै भर पर्छन् ।

लाइन गए सोध्ने निकाय छैन वा सवैको पहुँच पुग्दैन् । त्यसैको लागि अहिले गाउँमा जनप्रतिनिधी छन् । तर अनियमित बिद्युत कटौती हुदा जनप्रतिनिधी र कार्यालय प्रमुखहरुले एक कल सम्बन्धित कार्यालयमा फोन गर्दैनन् ।

‘आफ्नै घर र गाउँ अन्धाकार नहँुदा जनप्रतिनिधी मौन बस्छन्,’इस्मा गाउँपालिका ४ का केशव जिसीले भने,‘ समस्या समाधानका लागि गाउँपालिकामा कुनै इकाइ समेत छैन् ।’

एउटा सानो योजना सम्पन्न गर्न समेत जनप्रतिनिधी र गाउँका बोलवाला सक्रिय हुने तर सिंङ्गो गाउँ अन्धकार हुँदा जनताको समस्या नठान्ने प्रवृति गलत भएको जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend