logo
  • आइतबार, असोज ११ २०८३

त्रिशुलीमा ट्याङकर खस्दा दुई जनाको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क , काठमाडौं माघ २५ ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दूध बोकेको ट्यांकर आज त्रिसुलिमा खस्दा चालक सहचालकको घटना स्थलमा मृत्यु भएको छ। भरतपुर महानगरपालिका २९ गाईघाटमा कन्टेनरसँग ठोक्किएर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवन प्रहरी कार्यालयले  दिएको जानकारीअनुसार काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख ४३१४ नं .को कन्टेनर विपरित दिशाबाट आउँदै गरेको ना  बा ४ ख ६९५३ नं.को  ट्यांकर  ठक्कर खादा  नदीमा खसेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परेको ट्याङकरका चालक र सहचालकको मृत्यु भएको तर सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्याङकर सडकवाट नदीमा खसेको र पानीमा थोरै भाग मात्र देखिएको भने अन्य भाग पूरै डुबेको  बताए ।ट्यांकरकोे ठोकिएको ट्रक भने सडकको कुनातर्फको नालिमा खसेको छ । उद्धारका लागि शसस्त्र प्रहरी, जनपथ प्रहरी  घटनास्थलतर्फ गएको उहाँले बताए ।

स्थानीयको  सहयोगमा शव निकालिएको  जानकारी दिएको छन  ।चालक र सहचालकको नाम खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend