साझा नेटवर्क
कमल पौडेल, बागलुङ माघ २४।
बागलुङ जिल्लाको पश्चिम क्षेत्रवाट पहिलो पटक राष्ट्रिय सभामा प्रतिनिधित्व हुने भएको छ । आज भएको राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नं. ४ वाट महिला तर्फ वडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर कि शान्ति कुमारी जिसि अधिकारी विजयी भएसंगै पहिलो पटक प्रतिनिधित्व भएको हो।
विद्यार्थी समय देखि नै राजनितिमा लाग्नुभएकि अधिकारी २०७० को निर्वाचनमा नेकपा एमालेको तर्फवाट संविधान सभाको उमेद्वार समेत हुनुभएको थियो । नेकपा एमाले जिल्ला कमिटि बागलुङको सचिवालय सदस्य रहनु भएकि अधिकारी महिला अधिकारको क्षेत्रमा समेत संग्लग्न हुनुभएको थियो।
त्रिभुवन मावि खर्वाङवाट निवृत्त हुनु भएकि अधिकारी दिदि वहिनी वचत तथा ऋण सहकारी संस्था को अध्यक्ष, अल्पकालिन महिला संजाल खर्वाङको अध्यक्ष, रेडियो सारथी १०७.४ मेघाहर्जको संचालक समिति सदस्य लगाएत दर्जन संस्थाहरुसंग संग्लग्न रहँदै आउनुभएको थियो।
यता अधिकारीको विजयी संगै पश्चिम बागलुङको राष्ट्रिय सभामा प्रतिनिधित्व भएको भन्दै स्थानियले खुसि व्यक्त गरेका छन् । अधिकारीको गृह स्थानमा रहेको नेकपा एमाले वडा संगठन कमिटी वडिगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष दिन वहादुर केसिले अधिकारीको प्रतिनिधिले बागलुङ पश्चिमकै प्रतिनिधित्व गरेको वताउनु भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend