logo
  • शनिबार, साउन ३० २०८३

बागलुङमा ठूलो राशिको फुटवल प्रतियोगीता रिघामा हुँदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल, बागलुङ माघ २४ ।
बागलुङ जिल्लाकै मध्ये क्षेत्रमै ठूलो राशिको को फुटवल प्रतियोगीता गल्कोट नगरपालिका ११ रिघामा हुने भएको छ। विजेताको लागि १ लाख १ हजार नगद पुरस्कार सहित आयोजना गरिएको प्रतियोगितामा उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने आयोजकले जनाएको छ। युवा तथा खेलकुद विकास समिति रिघा बागलुङको आयोजनामा रिघामा हुने फुटवल प्रतियोगीता लगाएतका कार्यक्रमको तयारी स्वरुप प्रचार प्रसारलाई तिव्रता दिइएको छ। युवा खेलाडिहरुको खेल प्रतिभाको खोजी गर्ने तथा फुटवल खेलको वृद्धि र विकासवाट रिघालाई फटवल हवको रुपमा विकास गर्ने योजना सहित आगामी फागुन १८ गते देखि सुरु हुने कार्यक्रमको तयारी गरिरहेको अध्यक्ष दान वहादुर श्रीले जानकारी दिनुभएको छ।

३ दिन सम्म चल्ने कार्यक्रमवाट रिघाको आन्तरिक पर्यटनलाई विकास पुग्ने र कार्यक्रम अवधिमा १५ हजार दर्शक भित्राई आर्थिक लाभ लिने खेलकुद विकास समितिले जनाएको छ। स्थानिय लोक संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने कार्यक्रममा ३० लाख वरावरको आर्थिक कारोवार हुने आयोजकले दावी गरेको छ।

कार्यक्रमको लागी झण्डै ११ लाख खर्च हुने वताइएको छ। सो कार्यक्रम संचालनको लागि गल्कोट नगरपालिकाले २ लाख सहयोग गरेको छ। कार्यक्रममाराष्ट्रिय लोक तथा दोहोरी गायकगायीकाहरुको सांगितिक प्रस्तुती, स्थानिय लोक संस्कृति झल्कने खालका सोरठी, कौडा, सालैजो गित तथा नृत्यहरुको

प्रस्तुती, मगर संस्कृति झल्कने खेल धनुषबाँण प्रतियोगीता लगाएतका कार्यक्रम रहेको अध्यक्ष श्रीसले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend