logo
  • शनिबार, साउन ९ २०८३

गाउले मन पर्दैन मैले भनेकै छैन : साम्राज्ञी


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

नायिका साम्राज्ञीले मलाई “गाउले मन पर्दैन” भनेर आफुले नबोलेको र भाइरल भएका सबै न्युज फेक भएको बताएकी छिन । आफुले कहिल्यै पनि आफ्नो देशको फरक परिवेश हरुको अपमान नगर्ने बताएकी छन । फेसबुक स्टाटस मार्फत स्पष्टीकरण दिदै साम्राज्ञी लेख्छीन- मलाई सबै प्रकारका भुमिका हरुमा अभिनय गर्न मन छ ता की म नयाँ कुरा सिक्न सकुँ ।

गाउले परिवेसलाई सम्मान गर्ने बताउदै गलत समाचारको कारण सुभचिन्तकहरुमा पर्न गएको भ्रम प्रति दुख ब्यक्त गरेकी छन । केहीबर्ष अगाडिदेखि नेपाली फिल्म इन्डस्ट्रीमा सक्रिय देखिएकी नायिका हुन साम्रागीराज्य लक्ष्मी । छोटो समय मै करोडौं दर्शकको मनमा बसेकी साम्राग्यी अभित फिल्मले राम्रो सफलता समेत पाएका छ्न् ।

तर पछिल्लो समय “मलाई गाउले मन पर्दैन” बरु म फिल्म क्षेत्र नै छोड्छु भनिन भनेर केही मिडियामा फेक समाचार आयसंगै बिबादमा आएकी साम्रागीले यो कुरा आफुले न भनेको बोल्दै न बोलेको झुटो हो भनेर आफ्नो फेस्बुक वालमा यसरी स्पष्टीकरण दिएकी छ्न् ।

मेरा आदरणीय दर्शक महानुभाव हरु तथा हाम्रो फिल्म क्षेत्रका सम्पूर्ण अग्रज एबं समकालीन साथि हरुमा म साम्राज्ञीको तर्फबाट नमस्कार ।

केहि दिन देखि म फिल्म शुटिंगको शिलसिलामा देश बाहिर रहेको अवस्थामा नेपालमा मैले बोल्दै नबोलेको र मैले अहिले सम्म सोच्दै नसोचेको कुरालाइ समाचार बनाएर सम्प्रेषण गरिएको र उक्त समाचार सामाजीक संजालमा निकै भाइरल भईरहेको कारण मलाइ अनावस्यक तनाव भईरहेको छ ।

साम्राज्ञीलाइ “गाउँले मन पर्दैन” भन्ने शिर्षकमा सम्प्रेषित समाचारले गलत संदेश दिन पुगेको कारण मेरा दर्शक हरुको मनमा पक्कै पनि चोट पुगेको छ त्यो कुरा म बुझ्दछु तर म भर्खर नेपाली कला क्षेत्रमा बामे सर्दै गरेकी सिकारु कलाकार हुँ, मलाई सबै किसिमका क्यारेक्टर र भूमिका हरु उत्तिकै प्यारा लाग्छन र ति भूमिका हरु निर्वाह गर्न पाए मैले केहि नया कुरा सिक्न पाउने थिएँ भन्ने आशा मेरो मनमा लागिरहेको हुन्छ ।

त्यसमाथि म मेरो देशका सबै भूभाग र सबै भूभागका रहन सहन, बोलीचाली र भेषभुषा लाइ उत्तिकै सम्मान गर्ने मान्छे हुँ । केहि कामको चाप अनि समयको अभाव र कार्य व्यस्तता को कारण मैले आफुलाई आएका केहि अफर हरुमा काम गर्न सक्ने अवस्था थिएन त्यो मेरो नितान्त निजि मामला थियो, स्क्रिप्ट मन परेको थियो काम गर्ने टीम मन परेको थियो सबै कुरा मन परेर पनि समय अभावको कारण मैले त्यो प्रोजेक्टमा काम गर्न सकिन ।

मैले मलाइ दिईएको भूमिका मन नपरेर फिल्ममा काम नगरेको पनि होइन, मलाइ गाउँले जीवनशैली मन नपरेर काम नगरेको पनि होइन र कुनै वार्तालाप कुनै मिटिंग या कुनै समारोह मा मैले “मलाइ गाउले मन पर्दैन” भन्ने अभिव्यक्ति दिएकी पनि छैन, न त कहिल्यै त्यस्तो अभिव्यक्ति मैले दिने नै छु किनकि म हाम्रो देशको हरेक परिवेश लाइ उत्तिकै सम्मान गर्दछु र समय र परिस्थिति मिलेमा सबै परिवेश र सबै किशिमका जीवन शैली देखिने भूमिकामा अभिनय गर्न तयार पनि छु !

सबै भन्दा दुखको कुरा चर्चित न्युज पोर्टलमा समाचार सम्प्रेषण गर्नुहुने पत्रकार मित्र हरुले यस बिषयमा मेरो बिचार जान्ने या सत्यता प्रमाणित गरेर मात्र समाचार छाप्ने आफ्नो साधारण जिम्मेवारी सम्म पुरा गर्दिनु भएन त्यसमा मलाइ अत्यन्तै दुख लागेको छ ।

म मेरा सम्पूर्ण दर्शक वृन्द एबं शुभचिन्तक हरुमा यो आग्रह गर्न चाहन्छु कि ‘गाउले मन पर्दैन’ भन्ने मेरो भनिएको अभिव्यक्ति मैले दिएको होइन कसले आफ्नो व्यक्तिगत फाइदाको लागि यो सिर्शकको प्रयोग सुरु गर्यो या कसले कुन प्रमाणको आधारमा त्यो समाचार छाप्यो त्यो उनीहरु नै जानुन –मेरा शुभचिन्तक हरु भ्रम मा पर्नुहुने छैन र मलाइ निरन्तर उत्तिकै माया गरिरहनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend