logo
  • शुक्रबार, असोज ९ २०८३

प्रमोद कोइरालाको भ्यालेन्टाइन कोशेली “के हो तिम्रो नाँउ”


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द, काठमाडौं ।
नेपाली आधुनिक गीत “के हो तिम्रो नाँउ”को भिडियो सार्वजनिक भएको छ । सुमधुर आवाजका धनी प्रमोद कोइराला तथा अंजली सुनामको युगल स्वर रहेको ‘के हो तिम्रो नाँउ’मा शब्द तथा संगीत उनै गायक प्रमोद कोइरालाको रहेको छ । त्यस्तै शैलेन्द्र प्रधान ‘बाबु’ को उक्त गीतमा एरेन्ज रहेको छ । यो गीतमा मोडल नयन र पुनमको फिचरिङ रहेको छ । केदार धितालको निर्देशन रहेको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । निशान घिमिरेको सम्पादन रहेको यो म्युजीक भिडियोमा मेकअप आर्टिष्टको भूमिका शोभा श्रेष्ठले निभाएकी छिन् । गीतको म्युजीक भिडियो छायांकनको लोकेसन निकै लोभलाग्दो चयन गरिएको छ ।

छायाँकार दाहाल र निर्देशक धितालले लोकेसन तथा फ्रेमिङमा निकै मिहिनेत गरेका छन् । त्यस्तै मोडलहरुको भेषभुषमा समेत निकै ध्यान दिएको देखिन्छ । मनमोहक दृश्यमा कलाकारहरुको अभिनय पनि अब्बल रहेको देखिन्छ ।

हेर्नुस भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend