साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी माघ २१ ।
मालिका गाउँपालिकाको आयोजनामा एक दिने आँखा तथा दन्तरोग शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ५५ जनाको आँखा परिक्षण गरिएको छ । जसमा १७ जनामा मोतिया बिन्दुको समस्या देखिएको छ ।
उनीहरुलाई अप्रेशनको लागि बाहिर पठाउने सल्लाह भैरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए । त्यस्तै ७० बर्ष माथीका ३१ जनालाई बृद्ध बृद्धालाई निशुल्क चश्मा समेत वितरण गरिएको छ । शिविरमा १ सय ५० जना दन्त रोगीहरुको उपचार गरिएको छ ।
आँखा रोगको लागि नेपाल नेत्र ज्योति संघ गुल्मी र दन्त रोगको लागि राना डेन्टल होम तम्घासले प्राविधिक सहयोग गरेको थियो । शिविरमा नेत्र ज्योति संघका प्रमुख सुर्य बहादुर बस्नेत, बिर बहादुर कार्की, बिक्रम भुसाल तथा राना डेन्टलमा प्रोपाइटर दिपक रानाले बिरामीहरुको चेकजाँच गरेका थिए ।
शिविरमा गाउँपालिका प्रमुख रित बहादुर थापा, प्रमुख प्रसासकिय अधिकृत लेखनाथ पोख्रेल, वडा अध्यक्षहरु श्यामलाल गिरी र हिरालाल अर्याल तथा गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसाल लगायतको सहभागीता रहेको थियो ।
शिविरमा अर्खबाङ्ग, छापहिले, मरभुङ्ग, ह्वाङदी, दर्लिङ्ग र बाग्लुङ्गको बडिघाट गाउँपालिकाका नागरिकहरु आएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend