logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा विश्व सिमसार दिवश मनाईयो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी माघ २० ।
गुल्मीमा एक कार्यक्रमको बिच विश्व सिमसार दिवश मनाईएको छ । “दिगो शहरी भविष्यका लागि सिमसार” भन्ने नाराका जिल्ला वन कार्यालय गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा एक अन्र्तक्रिया कार्यक्रम गदै सो दिवश मनाईएको हो ।
पुर्ण रुपमा पानीले भिजेको क्षेत्र,प्राकृतिक रुपले बनेको तथा कृत्रिम रुपमा बनाईएको स्थायी अथवा अस्थायी रुपले जमेको पानि,जमिनमुनिको पानि,वा वर्षाले जमेको तथा बगेको पानीको क्षेत्रलाई सिमसार भनिन्छ ।

कार्यक्रमको सहजीकरण गदै जिल्ला वन अधिकृत घिमिरेले सिमसार क्षेत्रको संरक्षणको लागि सिमसार क्षेत्र वरिपरीको बन जंगल तथा प्राकृतिक भु–उपभोगलाई बिनाश ए.व परिर्वतन नगरी भौतीक विकास तथा क्रियाकलापहरुलाई वातावरण मैत्री रुपमा संरक्षण गरिनुपर्ने बताउनुभएको थियो ।

सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले सन् १९७१ को फेब्रुवरी २ तारिखका दिन रामसार महासन्धी स्थापना गरिएको थियो । अहिले यो महासन्धीमा सयौं देश सामेल भएका छन् ।

औपचारीक रुपमा नेपाल सन् १९८७ मा यस महासन्धीको सदस्य भएको हो भने सन् १९९१ देखि नेपालले यो दिवस मनाउन थालेको हो । नेपालमा ५ हजार ३ सय ५८ वटा ताललाई सिमसारका रुपमा राखेर संरक्षण गर्ने अभियान समेत सञ्चालन गरिएको छ ।

नेपालमा २ हजार ३ सय २३ हिमताल, ५ हजार जलाधार, १ हजार ३ सय ८० पोखरी र ५ हजार १ सय ८३ जटा तलैया रहेका छन् ।ठूल्ठूला प्रकोपबाट बचाउन सिमसार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

सिमसार भित्र जल परिचालन र शुद्धीकरण निरन्तर चलिरहने भएकाले पनि यसलाई प्रकृतिको मिर्गाैलाका रुपमा समेत लिने गरिएको छ । जिल्ला वन अधिकृत बिशाल घिमिरेको सभापतित्व रहेको कार्यक्रममा जिल्ला समन्व्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुषाल,लगायत विभिन्ना कार्यालयका प्रमुख तथा प्रतिनिधि,विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन सहायक वन अधिकृत मदन ढुङ्गानाको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend