साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ १९ ।
गुल्मीमा डोजरले पल्टाएको ढुगांले लागेर घाइते एक जना बृद्धाको ज्यान गएको छ । बाटो खन्ने क्रममा डोजरले पल्टाएको ढुगाांले लागेर मालिका गाउँपालिका ४ घर भएका ८८ वर्षिय भुवनेश्वर अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
मृतक अर्याललाई मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङ्गको खलडाँडाबाट सल्लीवुढी भन्ने स्थानसम्म मोटर बाटो खन्ने क्रममा लु १ क २३६४ नम्बरको डोजरले पल्टाएको ढुगांले लागेर घाइते भएका थिए ।
अर्याललाई माघ ५ गते आफनै घर नजिकै पल्टेको ढुगांले लागेर घाइते भएपछी थप उपचारको लागी वुटवल सम्म लगिएको थियो । उपचारबाट घर ल्याएका अर्याल शुक्रवार तम्घास स्थित आफन्तको घरमा रहेको बेला मृत्यु भएको प्रहरीले जनाएको छ ।
बृद्धको मृत्यु भएसँगै चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप कारवाही अगाडी वढाईने प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend