logo
  • शुक्रबार, असोज ९ २०८३

प्रिया र बद्रीले कान्छा र कान्छी भनेपछि (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी माघ १८ ।
गायिका प्रिया भण्डारीले आफनो कान्छा सार्बजनिक गरेकी छन् । हालै बजारमा आएको निकै लोकप्रिय लोकदोहोरी गीत‘कान्छी ओइ कान्छी’ शिर्ष गीतमा गायिका प्रियाले कान्छाको रुपमा लोकप्रिय गायक बनद्री पंगेनीलाई कान्छा भन्दै गीतको माध्यममा सार्बजनिक गरेकी हुन् । लोकदोहोरी गीतमा कान्छी र कान्छा बिचको गीती कहानीमा प्रियाले कान्छाको रुपमा बद्री र कान्छीको रुपामा प्रियाको रुपमा प्रस्तुत गीतमा उल्लेख छ । पछिल्लो समयमा गायक पंगेनी र गायिका भण्डारीले स्वर दिएको नयाँ गीत ‘कान्छी ओइ कान्छी’ बजारमा आएको छ । यस गीतमा गायक पंगेनी र गायिका भण्डारीको स्वर निक्कै मिलेको छ । गीत सार्बजनिक गरेकै केहि दिनमै निकै चर्चा बटुलेको छ । माया प्रेममा दुइ प्रेमी बिचको रमाइलो कथा बस्तु गीतमा रहेको गायिका प्रियाले बताइन् । दुई प्रेमीका माया प्रेमका मिठा छेडहरु गीतको मुख्य कथाबस्तु रहेको गायिका प्रियाको भनाई छ

लोकप्रिय गीतकार एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतलाई सीतारा म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको छ । शंकर बिसी र रश्मि तामाङको अभिनय रहेको छ ।

गीतमा बालकलाकारहरुको नृत्य देख्न सकिने उक्तगीत शंकर बिसिले निर्देशन गरेका हुन । गीतको छायांकन भने दुर्गा पौडेलले गरेका हुन् ।


गीतको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend