साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ १७ ।
गुल्मी जिल्लाबाट अष्ट्रेलिया गई विभिन्न पेशा अध्यान र ब्यबसायमा रहेका गुल्मी बासीहरूको साझ संस्था गुल्मी समाज अष्ट्रेलियाको साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आगामी कार्यकालका लागि श्याम केसीलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको छ ।
सभाले उपाध्यक्षमा, कमला बस्नेत र चतुर्भुज खरेल सचिबमा प्रेम सापकोटा, सहसचिवमा बिष्णु काफ्ले,कोषाध्यक्षमा रमेस मरासैनि लाइ चयन गरेको हो । सभाले समितिको सदस्यहरुमा नवराज खराल, दिगविजय अर्याल, मुस्कान पाण्डे, सुबोध थापा, कृष्ण खरेल, बिष्णु भुसाल, युबराज भण्डारी र बिष्णु घिमिरे सर्बसम्मत निवौचित भएको जनाएको छ ।
कार्यक्रको बिशेष आकर्षणको रुपमा गायिका एबम चर्तित उद्घोषिका मन्जु पौडेलको उपस्थिति थियो । नब निर्बा्चित अध्यक्ष श्याम के सीले बिगतमा जस्तै सबैबाट सहयोगको निरन्तरता हुने बिश्वास लिदै सबै संग हातेमालो गर्दै अगाडी बढ्ने बताए ।
गुल्मी जिल्लाबाट अष्ट्रेलिया रहेका गुल्मेलीहरुले गुल्मी समाज अष्ट्रेलिया खोली सामाजिक कार्य समेत गर्दै आएका छन् । समाजले गुल्मीबाट अष्ट्रेलियामा रहेका नेपाली समुदायका सदस्यहरुको ठुलो उपस्थिति थियो ।
कार्यक्रममा सहभागीले नब निर्बा्चित कार्यसमितिलाई बधाई दिनुका साथै कार्यसफलताको शुभकामान दिएका थिए । नब निर्वाचित कार्यसमितिलाई निबर्तमान अध्यक्ष भिम खरेलले पद तथा गोपिनियताको सपथ ग्रहण गराएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend